सोमबार, भदौ ३१ गते २०८१

अभिनेत्री रुबिनाले जितिन १४औं बिग बोसको उपाधि

अभिनेत्री रुबिनाले जितिन १४औं बिग बोसको उपाधि

अखबार दैनिक
सोमबार, फागुन १० २०७७
  • अभिनेत्री रुबिनाले जितिन १४औं बिग बोसको उपाधि

    एजेन्सी, १० फागुन । भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४औं संस्करण टेलिसिरियल अभिनेत्री रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार हात पारिन् । बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने ।

    images

    रुबिना टेलिसिरियल ‘छोटी बहु’को एक चर्चित अनुहार हुन् । उनले श्रीमान अभिनव शुक्लासँगै बिग बोस कार्यक्रममा भाग लिएकी थिइन् । बिग बोस कार्यक्रम सञ्चालक सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्ने विकल्प दिएका थिए ।

    सोचेर निर्णय लिन ३० सेकेण्डको समय दिइएको थियो । कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट विदा हुने निर्णय लिएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ