शुक्रबार, असोज ४ गते २०८१

ओलीको आमसभा : ३ लाखकाे लक्ष्य, ६० हजार मात्रै उपस्थित

ओलीको आमसभा : ३ लाखकाे लक्ष्य, ६० हजार मात्रै उपस्थित

अखबार दैनिक
शुक्रबार, माघ २३ २०७७
  • ओलीको आमसभा : ३ लाखकाे लक्ष्य, ६० हजार मात्रै उपस्थित

    शुक्रबार दिउँसो नारायणहिटी दरबारमार्ग सुरु भएको आमसभाअघि नेकपाले उपत्यकाका गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघर लगायतका १६ स्थानबाट जुलुस निकालेको थियो। जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको हो।

    images

    यसअघि माघ ९ मा नेकपाकै प्रचण्ड नेपाल समूहको विशाल सभा भएको थियो। उक्त जनसभालाई खिसीट्युरी गर्दै नेपाल सरकारका कामचलाउ सरकारका प्रधानमन्त्री रहेका केपी ओलीले पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वास्तविक जनपदर्शन कस्तो हुन्छ आफूहरुले माघ २३ गते देखाउने बताएका थिए। सोहीअनुसार आज सरकारले प्रतिपक्षलाई देखाउन ३ लाख मान्छे काठमाडौंमा उतार्ने बताएको थियो। साढे १२ बजेको हाराहारीमा वास्तविक आमसभा कस्तो हुन्छ २३ गते हेर्नु भन्ने प्रधानमन्त्रीको चुनौतीलाई साकार रुप दिन बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल उपत्यका छिरिसकेका थिए । पर्यटनमन्त्री भानुभक्त ढकाल र कानुनमन्त्री लीला श्रेष्ठ पनि कार्यक्रमस्थलमा देखा परिसकेका थिए ।

    ३ लाख मान्छे उतार्ने भनिए पनि ५० देखि ६० हजार जना मात्रै उपस्थित थिए । तर, प्रधानमन्त्रीको पछिल्लो असंवैधानिक कदम र बिग्रँदो राजनीतिक घटनाक्रमले जनता यस्ता कार्यक्रममा सामेल हुन दिक्क मान्दै गरेको प्रतित भएको देखिन्छ। सरकारी स्तरको शक्ति प्रर्दशनमा आदिवासी जनजाति महासंघको व्यानरबाहेक कार्यक्रमस्थलमा संस्थागत उपस्थिति खासै देखिएको छैन ।

    केशरमहलदेखि जयनेपाल हलसम्म र दक्षिणतर्फ तीनधारा पाठशालासम्मको सडक खाली बनाइए पनि साढे १२ बजेसम्म उल्लेख्य संख्यामा मानिस जम्मा भएको देखिँदैन थियो। त्यस्तै साँगा भञ्ज्याङ्गबाट केही सवारी साधनमा सहभागी भित्रिएका देखिए पनि भने नुवाकोट र नागढुंगा नाकाबाट उल्लेख्य संख्यामा आएको देखिँदैन।

    फर्पिङ्गबाट आज बिहान २ वटा टाटा सुमोमा सहभागी ल्याइएको थियो। सिस्नेरी नजिकै बाटो मर्मत भएकाले उक्त मार्गबाट सवारी साधन थोरै चलेको बताइन्छ। उपत्यकाबाहिरबाट आज बिहानसम्म कार्यक्रमको सहभागी बोकेको सवारी साधन खासै नछिरेको सुरक्षा स्रोतको भनाइ छ। नागढुंगाबाट भित्रिएको सवारी साधनलाई हेर्दा पनि त्यो पुष्टि हुन्छ।

    त्यसैगरी गण्डकी प्रदेशबाट २५ वटामा सातसय जना, लुम्बिनीबाट ४ वटामा १ सय ४८ जना, कर्णालीबाट ३ वटामा १ सय दुई जना र सुदूर पश्चिम प्रदेशबाट कुनै पनि सवारी साधन र सहभागी आएको देखिँदैन। उपत्यका बाहिरबाट नागढुंगा भएर डेढ सयवटा मझौला सवारी साधनमा पाँच हजार तीन सय ९७ जना उपत्यका छिरेको ट्राफिक प्रहरीको रेकर्डबाट देखिन्छ । साना, निजी र टाटासुमो गरी ३८ वटामा दुई सय ६० जना भित्रिएको सुरक्षा स्रोतले बताएको छ।

    बूढानीलकण्ठबाट दुई सय करिबको जुलुश आएको छ भने पाटनबाट हरिकृष्ण ब्यन्जबकारले पाँच सय जनाको जुलुशलाई नेतृत्व गरेका छन्। गणेश बस्नेत नेतृत्वको पार्टीनिकट पत्रकार टोली पनि प्रदर्शनीमार्गबाट दरवारमार्गतिर मोडिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ