आइतबार, असोज १८ गते २०८३

म्यानमारकी नेतृ सुकी पक्राउ

म्यानमारकी नेतृ सुकी पक्राउ

अखबार दैनिक
सोमबार, माघ १९ २०७७
  • म्यानमारकी नेतृ सुकी पक्राउ

    म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले नियन्त्रणमा लिएको छ। सुकी र राष्ट्रपति विन मिन्टसहित केही नेतालाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ।

    बीबीसीका अनुसार उनीहरुलाई निवासबाटै त्यहाँको सेनाले नियन्त्रणमा लिएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जननिर्वाचित सांसदहरुलाई पनि नियन्त्रणमा लिइएको छ।

    गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको नेतृत्वमा रहेको पार्टीले बहुमत ल्याएको थियो। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको बताउदै संसद् बैठक नराख्न आग्रह गरेको थियो। सोमबार त्यहाँको संसद् बैठक बस्ने कार्यसूची रहेको थियो। नेताहरुलाई नियन्त्रणमा लिएपछि म्यानमारका सडकमा सैनिकहरुले गस्ती बढाएका छन्।

    गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी पार्टी भारी मतसहित विजयी भएको थियो। तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ। सेनाले सोमबार तय भएको संसद बैठक पनि स्थगित गर्न आह्वान गरेको छ।

    बीबीसीका अनुसार म्यानमारको राजधानीसहितका मुख्य मुख्य शहरमा सैनिकको तैनाथी बढाइएको छ। राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ। सुकीले विश्व प्रतिष्ठित नोबेल शान्ति पुरस्कार पनि पाएकी छन् । उनी २०७५ साल मंसिर १३ गते काठमाडौं आएकी थिइन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ