शनिबार, असोज १७ गते २०८३

ओराली लागिसकेको ओलीको पछि लाग्नेहरुका अनुहार मलिन हुँदै गएको छ : माधवकुमार नेपाल

ओराली लागिसकेको ओलीको पछि लाग्नेहरुका अनुहार मलिन हुँदै गएको छ : माधवकुमार नेपाल

अखबार दैनिक
शुक्रबार, माघ १६ २०७७
  • ओराली लागिसकेको ओलीको पछि लाग्नेहरुका अनुहार मलिन हुँदै गएको छ : माधवकुमार नेपाल

    नेपाल कम्युसष्टि पार्टी (नेकपा) दाहाल-नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले ओराली लागिसकेको केपी शर्मा ओलीको पछि लाग्नेहरुका अनुहार मलिन हुँदै गएको टिप्पणी गरेका छन्

    शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ओलीले संविधानमाथि घात गर्ने काम गरेको बताउँदै अध्यक्ष नेपालले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानको घाँटी रेट्ने काम भएको औंल्याए ।

    ‘आफूलाई प्रथम अध्यक्ष भन्ने तर पार्टीलाई नमान्ने एक मात्र पार्टीभित्रको तमासा गर्ने व्यक्ति ओली हुन्’ अध्यक्ष नेपालले भनेका छन्, ‘कम्युनिष्ट पार्टीमा कोही व्यक्ति सुप्रिम हुँदैन । आफूलाई पार्टीभन्दा माथि ठान्छ भने त्यो व्यक्ति कम्युनिष्टको नेता हुन सक्दैन । त्यो तानाशाह हुन्छ ।’

    अध्यक्ष नेपालले नेकपाभित्र तमासा देखाउने एक मात्र ओली भएको अभिव्यक्ति समेत दिएका छन् ।

    उनले आली पक्षले बाजी हारीसकेको र असली नेकपा आफ्ने पक्षमा रहेको उल्लेख गर्दै ओली समुह ओराली लागिसकेको बताएका छन् । अध्यक्ष नेपालले ओली गुटमा लागेका व्यक्तिहरु घर न घाटको अवस्थामा पुगेको पनि बताए । अध्यक्ष नेपालले भनेका छन्, ‘प्रतिनिधि सभा विघटन गरेर पछारिएका ओली पछारिएपछि पनि खुट्टा उचालेर मेरो खुट्टा माथि नै छ भनिरहेका छन् । यस्तो अवस्थामा उनको गुटमा भएका केही व्यक्तिहरु बेहाल अवस्थामा छन् ।’

    वकिल, पूर्वन्यायाधीश, पत्रकार, नागरिक समाजलाई सबैलाई ओलीले अपमान गरेको अध्यक्ष नेपालको आरोप छ । ‘कम्युनिष्टहरु संस्कार बोकेर हिँड्ने सबैलाई सम्मान गर्ने पार्टी भएकोले सबैलाई इजजत र प्रतिष्ठा गर्छौँ । तर, ओलीले अपमान मात्र गरे’, अध्यक्ष नेपालको भनाइ थियो ।

    कम्यनिष्ट पार्टी, लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीतासँग ओलीलाई एलर्जी भएको कारण त्यसलाई बिगार्ने काम ओलीले गरेको तर आफूहरुले बनाउँदै गएको नेपालले बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ