शुक्रबार, असोज ४ गते २०८१

प्रचण्डजी र मैले ओलीजस्तो जालझेल जान्दैनौं र गर्दैनौं : अध्यक्ष नेपाल

प्रचण्डजी र मैले ओलीजस्तो जालझेल जान्दैनौं र गर्दैनौं : अध्यक्ष नेपाल

अखबार दैनिक
मंगलबार, माघ १३ २०७७
  • प्रचण्डजी र मैले ओलीजस्तो जालझेल जान्दैनौं र गर्दैनौं : अध्यक्ष नेपाल

    नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधव नेपालले केपी शर्मा ओली भस्मासुर भएको आरोप लगाएका छन्। नेता नेपालले भस्मासुरले गर्दा देश आक्रन्त भएको आरोप लगाएका हुन्। उक्त समुहले पाँचथर सदरमुकाम फिदिममा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै यस्तो आरोप लगाएका हुन्। ‘केपी ओलीले चुनाव चिन्ह वयलगाडा राखुन। सुर्य चुनाव चिन्ह हाम्रो हो।’ नेपालले ओलीलाई कटाक्ष गर्दै भने, ‘उहाँ बा भनेको सुन्न चाहानु हुन्छ, कम्रेड भनेको सुन्न चाहानु हुन्न। लालसलाम उहाँले सुन्न चाहानु हुन्न। सिद्धान्तबाट विचलन भएका छन्।’

    images

    ‘म प्रचण्डको मामली कर्याकर्ता रे। केपी ओली कहिलेका नेता हुन् ? यो पार्टीलाई १५ वर्ष नेतृत्व माधव नेपाल की केपी ओली ? प्रचण्डसँग ४० बर्ष पहिले भेट भएका थियो। हामी अलक अलक पार्टीवाट भएपनि पञ्चयात विरुद्ध थियौँ’, नेपालले थपे, ‘केपीओलीले बाटोमा फेलापरेकालाई समेत केन्द्रीय सदस्य बनाईदिए। निर्वाचन आयोगले फैसाला गरेपछि ति केन्द्रीय सदस्यको विजोक भएको हो।’

    संसद विघटन भएपछि यो समुहले आयोजना गरेको ठुलो कार्यक्रममा बोल्दै नेपालले केपी ओलीको चर्को आलोचना गरे। राजनीतिक दलहरु, नागरिक समाज, पूर्वन्यायधिश, वकिल सबैले ओलीको कदम असवैधानीक भनिरहेको बताउदै ओली कदम विरुद्ध जुट्नु आवश्यक रहेको उनको भनाइ छ।

    ‘केपी ओली जाली झेली मान्छे हुन्। उनको जस्तो जालझेल गर्न प्रचण्ड र मैले सक्दैनौँ। साईवरसेना बनाउने, अरिङ्गाल भन्नु भन्दै हिडेका छन्। कस्ता–कस्ता तानासाहि सामाना गरेर आयौँ। हामी डराउदैनौँ’, नेपालले भने ‘केपीओलीमा निरङकुश शासकको चरीत्र छ। जबज बारे केपीओलीलाई केहि थाहा छैन्। उहाँले नेपाल कम्युनिष्ट पार्टी नेकपाको नाम लिन पाउनु हुन्न। ओलीमा कम्युनिष्ट सोच नै छैन्।’

    प्रशिक्षण कार्यक्रममा बोल्दै नेता जनार्दन शर्माले केपीओली प्रवृत्ति विरुद्ध लड्नु परेको बताए। उनले कम्यनिष्ट आन्दोललाई पुनर गठन गरेर अघि बढ्नु पर्ने बताएका थिए। ‘आन्दोलन र संगठनको पुनगर्ठनसँगसगै लैजानु पर्ने आवश्यकता छ। नेपालको राजनीतिक आन्दोलनमा गम्भीर प्रश्न उठेको छ । समाजवादको बाटोमा ओली इमान्दर बनेन्’ शर्माले भने ‘ससदको रोष्टममा विदेशीहरुलाई अनावश्क उत्तेजीत गराउने गरी चर्का चर्का भाषण त गर्नु भयो । त्यसको पछाडिको रहस्य उहाँले आत्मासर्पण गरेर राष्ट्रिय स्वाधिनतामाथि ठुलो षडयन्त्र गर्नु भएको छ। जनताको जनमतलाई घात गरीएको छ ।’ अधिकारनै नभएको काम ओलीले गरेको भनाई थियो । शान्तीपूर्ण आन्दोलबाट प्रतिगमनलाई सच्याउछौँ।

    कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले संसद विघटन गर्ने, कम्युनिस्ट आन्दोलनलाई विभाजन गरेको केपीओलीको कदमको विरुद्ध शसक्त रुपमा अघि बढ्ने बताए थिए। प्रशिक्षणमा सहभागी हुन गाँउ गाँउबाट कार्यकर्ता सदरमुकाम आएका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ