शुक्रबार, वैशाख २१ गते २०८१

शर्मिला, मोटर र मोटरबाटो (प्रेमकथा)

शर्मिला, मोटर र मोटरबाटो (प्रेमकथा)

अखबार दैनिक
बुधबार, माघ ७ २०७७
  • शर्मिला, मोटर र मोटरबाटो (प्रेमकथा)

    गाउँका सबै खुसिले गदगद थिए गाउमा मोटरबाटो आउने भएसी । भोलि देखि मोटर बाटो खनेको हेर्न र बाटो कहाँबाट लैजाने भनेर सरसल्लाहमा सम्पुर्ण गाउँ जुटेको थियो । हरि साहुलाइ भने चिन्ता लागेको थियो अब यी पालेका खच्चड के गर्ने ? अब यिनलाइ ढाेरपाटन तिर लगेर बेच्नु पर्छ भन्दै थिए। बुढापाकालाइ भने अर्को चिन्ताले सताएको थियो । मोटर आएसि गाउँका चेलिबेटी पोइला जान्छन् भनेर किनकि उता पारी कालिपारमा मोटर आएसी गाउका धेरै चेली ड्राइभरशीत पोइला गाको कुरा सबैलाई था नै थियो ।

    images

    ड्राइभर भनेसि केटिहरु हुरुकै हुने जमाना थियो । गित पनि गाउँ बजारमा त्यस्तै चलेका थिए ( ड्राइभरमा माइलो, ड्राइभर दाइ मन पर्यो मलाइ)।अलि अलि चिन्ता मलाई पनि लागेको थियो यी बुढापाकाको कुरा सुनेसी कतै शर्मिलालाइ पनि ड्राइभरले लैजाने हो कि भनेर । स्कुल पुग्दा चारैतिर मोटरबाटो र मोटरको गफ हुँदै थियो । काजी साहुको छाेरो बिरे गफ हान्दै थियो, "केटा हो अब म एस् एल् सि पछी बटौली गएर मोटर सिक्छु अनि सरर अर्को साल म पनि गाउमै मोटर लिएर आउछु अनि शर्मिलासित बिहे गर्छु । साले बिरेले पनि शर्मिलालाई नै मन पराउथियो ।

    माघको महिना एस् एल् सि आउन दुई महिना मात्रै थियो ध्यान पढ्न भन्दा पनि मोटरबाटो र मोटर तिरै डुलिरहेको सबैको । शर्मिला र उर्मिला पनि मोटरबाटो र मोटर कै कुरा गर्दै थिए । उर्मिला घर पारी कालिपार थियो यता मामाघर बसेर पढेकि । उस्को गाउँमा पहिलै नै मोटर आएको अनि गफ हान्दिन त । उर्मिला, था छ शर्मिले मेरा भिनाजु नि ड्राइभर हुन जिप चलाउछन । दिदी कति घुम्न पाउछिन रे । कहिले पोखरा ,कहिले बुटवल कहिले कता कहिले कता भात पनि सधै होटलमा खान्छन रे । क्या रमाइलो है उर्मिले तेरा दिदी भिनाजुलाइ भन्दै हास्दै थिइ। शर्मिलाको हासोले त झनै मन कटक्क खायो यो पनि ड्राइभर भनेसि हुरुकै भाको देखेर।

    शर्मिला, "ओए किरण यता सुन त" ।

    म ,"भन"

    शर्मिला ," एस् एल् सि पछी तिमी नि मोटर सिक्न जाउ के बुटवल तिर "

    म ," जान्न मोटर सिक्न , काठमाडौ जाने हो पढ्न ।

    शर्मिला ," ए ए"

    शर्मिलाको मुखबाटै यस्तो कुरा सुनेसी झनै पिर परेको थियो । स्कुल बिदा भएसी म कसैसँग नबोली आफ्नै सुरले घर गए ।

    आमा , " मित्र चिया र मकै छ खा र पानीलिन गै हाल"

    म ," ल ल हुन्छ "

    चिया खाएर म नि काउछि पधेरो तिर झरे गाग्री भोकेर पानी लिन। पधेरोमा अरु कुनै गफ हुने कुरै भएन त्यही नै थियो । अहिले भने मलाई मोटर आउने भएसि दिक्क लाग्न थालेको थियो । अर्को दिन बिहान हामी स्कुल जान लाग्ने बेलामा चौतारीमा मान्छेको भिड थियो तल रिडि झर्न किनकि मोटरबाटो रिडिबाटै सुरु हुन्थ्यो खन्न । बिरे , शेरे , रन्जिते पनि स्कुल नजाने भनेर त्यही भिडशीत ओरालो झर्ने सुरसारमा थिए । स्कुलमा पुग्दा बिद्यार्थीको सङ्ख्या पातलो थियो । आज धेरै मोटरबाटो हेर्न गएका छन । हाम्रो कक्षामा नि त्यस्तै थियो। हाजिरी लिदै गर्दा बिस्नु सरले भने मुर्खहरुलाई एस् एल् सि को भन्दा मोटरको चिन्ता छ । शर्मिला नि कक्षामा थिइन र मनमनै आज म नि किन आएछु भन्ने लाग्यो। दिन सामान्य बित्दै थियो ।

    एक महिना पछी मोटरबाटो खनिया रुख सम्म आको रहेछ रिडि मट्टीतेल किन्न जादा देखे । पहिले तानसेनमा देखेको डोजर भन्दा यो डोजर ठूलो थियो। चैत सम्म त टक्सारसम्म नै मोटरबाटो पुग्ने अनुमान लगाउदै थिए। चैतको दोस्रो हप्ता हामी एस् एल् सि दिन रिडि झर्दै गर्दा बाटो पानीटन्किबाट माथी नै लागेको थियो । अब हामी एस् एल् सि दिएर फर्किदा त टक्सार मै पुग्च भन्ने लाग्यो किनकी एस् एल् सि भरी हामी रिडिमै डेरामा बस्नु पर्थियो। यसो उसो चिट चोरेर पास हुने आसैमा एस् एल् सि नि सकियो। फर्किदा सबै साथि निराश थिए किनकि अब कोहि लाहुर जाने, कोहि आर्मी पुलिस हुने , कोहि पढ्न बुटवल ,काठमाडौ र कोहि रिडि झर्ने कुरा गर्दै थिए ।

    कक्षा १ देखिका साथीहरूसितको बिछाेड दिन नि थियो । फर्किदा मोटरबाटो टक्सारमै पुगेको थियो र अहिलेलाई बाटो यहि सम्म खन्नी रे।दुई चार दिन ट्क्सारको चहलपहल नै अर्कै थियो । अनि चैतको २५ गते तीनटा जिप र दुइटा ट्राक्कर गाउमै आउने । यो खबर लिएर म दौडिदै शर्मिलाको घर पुगे तर उ भने मामाघर तिर हिजो नै लागिछे एक दुइ हप्ता पछी आउने रे । चैत २५ नि आयो शर्मिला बिना मलाई मोटर हेर्न जानै मन थिएन तर हरे र श्यामे के कर गरिसी नगएर सुखै भएन । आधा मान्छे रिडि मोटर लिन आधा मान्छे टक्सारमै थिए । टक्सार बजारमा पन्चेबाजा घन्केको थियो सबै खुशीले नाच्दै थिए। एक छेउमा महिलाहरु फुलको माला बनाउदै थिए। ठिक ११ बजे रिडिबाट मोटर उकालो लाग्ने खबर आयो। हामी पनि टक्सार छेउको चौतारोबाट तल थोर्गा तिर हेर्दै थियौ कहिले मोटर उकालो लाग्छ भनेर । घडीमा १ बज्दै गर्दा पानीटन्किको घुम्टिमा ट्राक्टर को आवाज सुनियो अनि हामी दौडिदै टक्सार बजार तिर ल अब मोटर एक्कै छिनमा टक्सारमा आउछ है भन्दै । मान्छेको भिडले खचाखच थियो चार पाँच जना प्रहरीलाई भिड नियन्त्रणमा लिन गाह्रो परेको थियो। नभन्दै टक्सारको घुम्टिमै ट्राक्टर आयो । ट्राक्टर भरी मान्छे थिए। गाउँ भन्दा कहिल्यै बाहिर नगएका बुढाबुढि अचम्म मान्दै हेरेका थिए। गाउँका ठुला बडा फुल माला लिएर ड्राइभर तिर गए । केटिहरु एक हुल ढिकमा बसेर हेरिरहेका थिए तर शर्मिला भने त्यहा थिइन। एक पछी अर्को मोटरले टक्सार बजारमा थप उत्साह थपियो । साझ परेसी हामी सबै घरतिर लागिम । घरमा पुग्दा मामा आउनुभएको रहेछ ।

    मामाले मलाई काठमाडौ लैजान आएका रे। सुरुमा त जान्न भने तर फेरि सपना सम्झे सरकारी जागीर खाने जस्को लागि काठमाडौ नगइ सुखै थिएन। भोलि बिहानै जानुपर्छ है भान्जाबाबु भने मामाले। मलाई भने एकचोटि शर्मिलालाइ भेट्ने रहर थियो। रातभरि रुदै शर्मिलालाई चिठी लेखे भेटेको दिन दिन्छु भनेर । अर्को दिन बिहानै आमाले टीका लगाइदिदै भन्नुभयो , बाबू राम्रोशीत पढ्नु , मामालाइ धेरै दुख नदिनु र हातमा सयको नोट समाइदिनु भयो। अनि मामासित काठमाडौ लागे। काठमाडौ साच्चिकै अचम्मको शहर रहेच , सिमेन्टिका घर , जतासुकै गाडी र भिड । मामाले मलाई परिक्षाफल नआउनजेल एउटा पुस्तक पसलमा काम खोजदिनुभएको रहेच । हप्ता दिन पछी मेरो दैनिकी त्यही पसलमा बित्दै गयो। असारको दोस्रो हप्ता एस् एल् सिको नतिजा निस्कने भनेर बजार भरी हल्ला फैलिएको थियो। मामाले भन्नू भयो सिम्बोल नम्बर दिनु त भान्जा म हेर्दिउला भन्दै पसल आउनु भयो। मैले झोलामा छ भने र मामा घर तिर लागे। साझ घर पुग्दा सुनसान थियो । मुटु ढुकढुक भाको थियो । बधाई छ भान्जा बाबू पास भएकोमा सेकेन्ड डिभिजन आयो हजुरको । म खुसी गदगद भए ।

    अरु साथिहरुले के भयो होला अनि शर्मिला पास भइ कि नाइ भन्ने चिन्ताले सताएको थियो। अनि मामालाई म भोलि घर जान्छु मामा भने हुन्छ जानुस भान्जा तर छिट्टै आउनुहोला भर्ना गर्नु पर्छ भने। अर्को दिन बिहानै काठमाडौ देखी रिडिको टिकट काट्नु भयो मामाले हातमा २०० दिदै पुगेसी खबर गर्नुभन्नू भयो। एक्लै त्यो यात्रा निकै उराठ लाग्दो थियो। करिब ३ महिना पछी गाउँ जाँदै थिए। अर्को दिन बिहान ९ बजे रिडि झार्दियो गाडिले। रिडि बजार पहिला जस्तो चहलपहल थिएन बाटो टक्सार पुगेसी । टक्सारमा मोटर पुगेसी यस्तो भाको कुरा गर्दै थिए । रिडि बसपार्क छेउमा एउटा जिप उकालो लाग्ने सुरसारमा थियो अनि सोधे। टक्सार सम्म रे भाडा चाहिँ ४5 भन्यो एउटा फुच्चेले र पसे भित्र । अनि गाडी धुलो उडाउदै उकालो लाग्यो।

    टक्सारमा झर्दा सबै मै तिर आए बाबू बदाइ छ तिमी स्कुल प्रथम भएउ। आफुलाइ भने शर्मिला पास भै कि नाइ भन्ने चिन्ता थियो। सबैको बदाइसंगै म घर पुगे। घरमा आमा हुनुहुन्थ्यो खै कता जानू भएको रहेछ । झोला खाटमा फालेर म भने शर्मिलाको घर तिर दौडिए । शर्मिलाकी आमा आगनमा बिसुन सुकाउदै थिइन । आन्टी शर्मिला खै ? शर्मिला त पोइला गै बाबू ड्राइभर शीत । त्यो सुने पछी म छागाबाट खसे जस्तो भए अरु केहि बोल्न सकिन ।मन थाम्न सकिन रुदै टक्सार माथिको जङ्गल तिर गए । उसलाई दिन लेखको चिठी अंगालो बेर्दै रुन लागे। निकै बेर रोए निस्ठुरीलाइ सम्झेर र अब रोएर केही हुने देखिन। चिठी चात्न मन लागेन र लिएर आए । त्यो चिठी आजसम्म राखेको छु किनकि त्यो पहिलो प्रेमपत्र थियो । कुनै दिन हजुरले चाहेमा देखाउला है ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ