बिहीबार , असोज ३ गते २०८१

नेपाल लाइभ इन्स्युरेन्सले बोलायो साधारणसभा, लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने

नेपाल लाइभ इन्स्युरेन्सले बोलायो साधारणसभा, लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने

अखबार दैनिक
मंगलबार, माघ ६ २०७७
  • नेपाल लाइभ इन्स्युरेन्सले बोलायो साधारणसभा, लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने

    नेपाल लाइफ इन्स्योरेन्सले आगामी माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो २०औं वार्षिक साधारणसभा सो दिन बिहान ९ बजे वीरगञ्जको होटल भिष्वामा गर्ने भएको हो । सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै छ । कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश गरी कूल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले अनुमोदन गर्ने भएको हो ।

    images

    त्यस्तै, सभाले कम्पनीको प्रतिसेयर मूल्य एक सय रुपैयाँलाई परिवर्तन गरी प्रति सेयर ५० रुपैयाँ कायम गर्ने कम्पनी सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ । इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कम्पनीको विद्यमान प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीको सेयर मूल्य एक सय रुपैयाँ रहेकोमा सो सेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी प्रतिसेयर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव गरेको हो । उक्त व्यवस्थालाई ‘स्टक स्प्लीट’ पनि भनिन्छ, जुन सम्बन्धित निकायबाट स्वीकृत भएपछि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

    त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । सभामा जाने प्रयोजनको लागि कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यससँगै माघ १३ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको साधारण सभामा सहभागी हुन तथा कम्पनीले वितरण गर्ने लाभांश पाउन योग्य हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ