मंगलबार, जेठ ८ गते २०८१

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको माघ ११ गते विवाह

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको माघ ११ गते विवाह

अखबार दैनिक
शनिबार, माघ ३ २०७७
  • प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको माघ ११ गते विवाह

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुने भएको छ । उनको विवाह अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग काठमाडौंमा हुने तय भएको हो । विवाह हुने तय भएको मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले पुष्टि गरेका छन् । उनले भने, "विवाहको मिति तय भइसकेको छ । काठमाडौंबाट हुँदै छ ।"

    images

    विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितिभोज कार्यक्रम हुनेछ । विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र निम्तालुको सहभागिता रहने बताइएको छ । मुख्यमन्त्री राईले अन्तरजातीय विवाह गर्न लागेको उनी निकटस्थहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार