बुधबार, मंसिर २६ गते २०८१

परराष्ट्रमन्त्री ज्ञवाल र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाल र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

अखबार दैनिक
शनिबार, माघ ३ २०७७
  • परराष्ट्रमन्त्री ज्ञवाल र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

    भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । तीनदिने औपचारिक भ्रमणमा रहेका मन्त्री ज्ञवालीसँग भारतीय रक्षामन्त्री सिंहले शनिवार विहान भेटवार्ता गरेका हुन् ।

    images

    भेटवार्ता नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भएको हो । बिहान साढे नौ बजेदेखि सुरु भएको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यपनि उपस्थित भएका छन् ।

    परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्बिरहरु ट्विटरमा राख्दै सिंहले लेखेकाछन्, ‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत(नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।’

    मन्त्री ज्ञवालीले शनिबार बिहान नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँग पनि अन्तरक्रिया गरेका थिए । त्यहाँ उनले नेपालले सुगौली सन्धिलगायत एतिहासिक प्रमाणका आधारमा नयाँ नक्सा प्रकाशित गरेको दाबी गरेका थिए ।

    त्यस्तै, शुक्रबार परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत स‌ंयुक्त आयोगको बैठक सम्पन्न भएको थियो । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए । भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयश‌ंकरले गरेका थिए ।

    मन्त्री ज्ञवाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी आजै अपरान्ह नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

    pradeep-gyawali-india.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार