शुक्रबार, असोज ४ गते २०८१

प्रधानमन्त्रीलाई सुधार्न डल्लाका डल्ला साबुन खर्च गर्‍यौं : भीम रावल

प्रधानमन्त्रीलाई सुधार्न डल्लाका डल्ला साबुन खर्च गर्‍यौं : भीम रावल

अखबार दैनिक
मंगलबार, पुस २८ २०७७
  • प्रधानमन्त्रीलाई सुधार्न डल्लाका डल्ला साबुन खर्च गर्‍यौं : भीम रावल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका नेता भीम रावलले आफूलाई भगौडा भन्ने प्रधानमन्त्री केपी शर्मा ओली नै भगौडा भएको बताएका छन् ।

    images

    सोमबार राजधानीमा भएको कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओली विगतदेखि अहिलेसम्म पनि भाग्ने क्रममा रहेको बताए । उनले आवेशमा आएको प्रधानमन्त्रीले संसद भंग गर्न नसक्ने बताएका छन् ।

    ‘खड्ग प्रसाद ओलीजी भन्नुहुन्छ–मेरो विरोध गर्नेहरु भगौडा हुन् । मैले उहाँको इतिहासलाई हेरें । झापामा आन्दोलन चर्किरहेका बेला रामनाथ गिरफ्तार हुनुभयो उहाँ त्यहाँबाट भाग्नुभयो । त्यसपछि उहाँ माधव नेपालको डेरा मोरङमा बस्नुभयो’, उनले भने, ‘त्यहाँबाट पनि भागेर नैनीताल पुग्नुभयो । नैनीतालबाट भागेर रौतहटमा गिरफ्तार हुनुभयो । पार्टी बैठक र पार्टी विधानबाट भाग्नुभयो । उहाँलाई सुधार्न डल्लाका डल्ला साबुन खर्च गर्यौं । उहाँलार्ई सुधार्न नसकिएकोमा क्षमा चाहान्छु ।’

    उनले प्रधानमन्त्री ओलीले संविधान, जनताको जनमत खुल्चिएको बताएका छन् । नेता रावलले प्रधानमन्त्री ओलीले कोरोनाले ग्रसित जनताका लागि खोपको व्यवस्था नगरेर संविधान मिचेर अलोकतान्त्रिक खोप लगाएको आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ