शुक्रबार, असोज ४ गते २०८१

केपी ओलीजी सुध्रिनु हुन्छ कि भन्ने आशा छ : माधव नेपाल

केपी ओलीजी सुध्रिनु हुन्छ कि भन्ने आशा छ : माधव नेपाल

अखबार दैनिक
सोमबार, पुस २७ २०७७
  • केपी ओलीजी सुध्रिनु हुन्छ कि भन्ने आशा छ : माधव नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह जहाँ रहन्छ, आफ्नो पार्टी त्यहीँ रहने बताएका छन् ।

    images

    नागरिक समाजका अगुवाहरुको भेलामा अध्यक्ष नेपालले भने, ‘सूर्य चिन्ह जहाँ छ, हाम्रो पार्टी त्यहीँ छ ।’ निर्वाचन प्रक्रिया रोक्न आग्रह गर्दै निर्वाचन आयोग पुगेर फर्किएका अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कदमले सिंगो लोकतन्त्र संकटमा परेको बताए ।

    ओलीले मदन भण्डारीको नाम बेचेको आरोप लगाउँदै उनले अझै पनि केपी शर्मा ओली सुधिन्छ कि भन्ने आशा रहेको बताए । ‘प्रधानमन्त्रीले चालेको कदम निरंकुश, अधिनायकवादी कदम हो’ उनले भने, ‘गणतन्त्रवादी विरोधीहरु, राजावादीहरु सल्वलाउन थालेका छन् । धर्मनिरपेक्षविरोधीहरु सल्वलाउन थालेका छन् । यस्तो बेलामा ओलीले प्रतिनिधिसभा विघटन गर्नुभएको छ । यसको मूल्य उहाँले चुकाउनुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ