बिहीबार , असोज ३ गते २०८१

भीम रावललाई कार्बाही गर्न सिफारिस

भीम रावललाई कार्बाही गर्न सिफारिस

अखबार दैनिक
बिहीबार , पुस २३ २०७७
  • भीम रावललाई कार्बाही गर्न सिफारिस

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको हो ।

    images

    रावलले आर्थिक हिनामिना गरेको भन्दै कार्बाही गर्न सिफारिस गरिएको बताइएको छ । नेकपा विभाजन अगाडि रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए । ओली समूहले रावललाई पार्टी इन्चार्जबाट हटाएर आफ्नो समूहका नेता लेखराज भट्टलाई इन्चार्ज बनाएको छ ।

    उद्योग मन्त्री भट्टले इन्चार्जको भूमिका पाएपछि बसेको पहिलो बैठकले नेता रावललाई कार्बाहीको सिफारिस गर्ने निर्णय गरेको हो । ओली समूहले रावलको इन्चार्जको जिम्मेवारी खोसे पनि अझै केन्द्रीय कमिटी सदस्यबाट हटाएको छैन ।

    नेकपा प्रचण्ड–माधव समूहको सुदूरपश्चिम इन्चार्ज रावलले भने वैधानिक नेकपा आफूहरु भएकाले पार्टी कोषबारे सोधखोज गर्ने अधिकार अर्को समूहलाई नभएको बताउँदै आएका छन् ।

    ओली समूहको प्रदेश बैठकले प्रदेश कमिटी समेत बिस्तार गरेको छ । यो समूहले सुदूरपश्चिम प्रदेश कमिटी ५५१ सदस्यीय बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ