सोमबार, मंसिर १० गते २०८१

पर्वतको विहादीमा प्याराग्लाईडिङ पूर्वाधार निर्माणको काम शुरु, गण्डकीका पाँच स्थानमा प्याराग्लाईडिङको पूर्वाधार निर्माण गर्दै प्रदेश सरकार

पर्वतको विहादीमा प्याराग्लाईडिङ पूर्वाधार निर्माणको काम शुरु, गण्डकीका पाँच स्थानमा प्याराग्लाईडिङको पूर्वाधार निर्माण गर्दै प्रदेश सरकार

अखबार दैनिक
मंगलबार, पुस २१ २०७७
  • पर्वतको विहादीमा प्याराग्लाईडिङ पूर्वाधार निर्माणको काम शुरु,  गण्डकीका पाँच स्थानमा प्याराग्लाईडिङको पूर्वाधार निर्माण गर्दै प्रदेश सरकार

    पर्वत
    पर्वतको विहादी गाउँपालिकामा प्याराग्लाईडिङको व्यावसायिक उडान गर्ने गरी पूर्वाधार निर्माण कार्य थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बाट विनियोजित रकम रु. २० लाख लागतमा विहादी गाउँपालिकाको लुङरिङ डाँडामा प्याराग्लाईडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो ।  
    विहादी गाउँपालिकाको रमणिय पर्यटकिय क्षेत्र मानिने लुङरिङ डाँडा बाट  प्याराग्लाईडिङ उडान (टेकअफ) गर्ने र ईमिचौर र दुर्लाङमा अवतरण (ल्याण्ड) गर्ने गरी काम थालिएको छ । यहाँ प्याराग्लाईडिकङको सफल परिक्षण गरिए सँगै पूर्वाधारको काम थालिएको प्याराग्लाईडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष जित बहादुर नेपालीले  जानकारी दिनुभयो । उहाँका अनुसार २० लाख रकमबाट उडान गर्ने स्थानको धावनमार्ग सुधार, शौचालय, प्रतिक्षालय, कार्यालय लगायतका संरचना निर्माण गरिने छ । उक्त संरचना ३ महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाईडिङको संस्था दर्ता गर्ने कार्य समते अगाडी बढाइने बताईएको छ ।
    प्याराग्लाईडिङ उडान गर्ने स्थान  करिब २ हजार मिटरको उचाईमा रहेको छ ।
    प्याराग्लाईडिकङको सम्भाव्यता र दृश्याअवलोकनको लागि राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु. २० लाख विनियोजन गरे सँगै पुर्वाधार निर्माणको काम थालिएको हो । गण्डकी प्रदेशसरकारले विहादी गाउँपालिका सहित पाँच स्थानमा प्याराग्लाईडिङको पूर्वाधार निर्माण कार्य थालेको छ ।

    images

    मंगलबार एक कार्यक्रमका बीच विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले प्याराग्लाईडिङ पूर्वाधार निर्माणको शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै भुषालले पर्यटनको महत्वपूर्ण आधार मानिने प्याराग्लाईडिङले समग्र विहादी गाउँपालिकाको भविष्यलाई उज्ज्वल बनाउन मद्दत पुग्ने बताउनुभयो । विहादी गाउँपालिका पर्यटनका हिसाबले प्रचुर सम्भावना भएको पालिका रहेको चर्चा गर्दै भुषालले पर्यटन मार्फत  आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । नियमित प्याराग्लाईडिङ उडान गर्नको लागि आवश्यक  प्रक्रिया गाउँपालिकाले तत्काल अगाडी बढाउने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार