बिहीबार , असोज ३ गते २०८१

काठमाडौं उपत्यकामा अत्यधिक प्रदुषण

काठमाडौं उपत्यकामा अत्यधिक प्रदुषण

अखबार दैनिक
मंगलबार, पुस २१ २०७७
  • काठमाडौं उपत्यकामा अत्यधिक प्रदुषण

    हिंजोदेखि काठमाडौं उपत्याकामा बायु प्रदुषण अत्यन्तै बढेको छ । चिसो, घाम तथा हावा नलागेको कारण बायुमण्डलमा भएका धुलो तथा धुंवाका कणहरु सतहको नजिक थिग्रिएको अवस्था छ । यो प्रदुषणको कारण काठमाडौंमा आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउने लगायतका लक्षण अल्पकालीन रुपमा देखिएका छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्छ ।

    images

    विशेष गरी बालबालिका वृद्ध वृद्धा एवं दम खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरू बढी प्रभावित हुने भएकोले यस्ता व्यक्तिहरूले सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घरबाहिर निस्किदा विशेष सावधानी अपनाउनु पर्ने विभागमा महानिर्देशक मुकुन्द निरौलाले बताए ।

    महानिर्देशक निरौलाका अनुसार काठमाडौँ उपत्यका बाहेक तराई क्षेत्रका सहरहरू जस्तै नेपालगन्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकोले तराई क्षेत्रका नागरिकहरूलाई पनि विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

    फोहोर बाल्दा र आगो बाल्दा समेत वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगर्न पनि विभागले भनेको छ ।

    साथै वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकोले मौसम यस्तै भइरहेमा केही समयसम्म प्रदूषण यस्तै रहन अथवा अझै खराब समेत हुने सम्भावना रहेको हुनाले विशेष सावधानी अपनाउनु पर्ने विभागको भनाई छ ।

    वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स९एक्वुआई०मा मापन गरिन्छ। एक्वुआई ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ भने १५० सम्म पुग्दा संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु जोखिमपूर्ण हो भने तीन सयभन्दा माथि जानु चाहिँ घातक मानिन्छ ।

    स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार साँझ काठमाडौँको एयर क्वालिटी इन्डेक्स ४८७ थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ