बिहीबार , असोज ३ गते २०८१

आज गण्डकी प्रदेशको विशेष अधिवेशन

आज गण्डकी प्रदेशको विशेष अधिवेशन

अखबार दैनिक
मंगलबार, पुस २१ २०७७
  • आज गण्डकी प्रदेशको विशेष अधिवेशन

    गण्डकी प्रदेशको विशेष अधिवेशन आज सुरु हुँदै छ । दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको हो ।

    images

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रस र जनता समाजवादी पार्टीले माग गरेपछि विशेष अधिवेशन आह्वान गरिएको हो । पहिलोपटक बोलाइएको बैठकमा जनसरोकारका विषयमा छलफल हुने जानकारी प्राप्त भएको छ ।

    संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशससभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

    सोही व्यवस्था अनुसार नेपाली कांग्रेसका १५ र जसपाका दुई सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका थिए । जस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले पुस २१ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।

    गण्डकी प्रदेश सरकारमा ६० जना सांसद छन् । जसमध्ये सभामुख बाहेक ३९ जना नेकपाका छन् । नेकपाका पनि ओली पक्षका २७ र प्रचण्ड– माधव पक्षका १२ जना छन् । नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ जना सदस्य छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ