बिहीबार , असोज ३ गते २०८१

प्रधानमन्त्रीलाई देश र जनताको भन्दा पदको चिन्ता छ : बिना मगर

प्रधानमन्त्रीलाई देश र जनताको भन्दा पदको चिन्ता छ : बिना मगर

अखबार दैनिक
सोमबार, पुस २० २०७७
  • प्रधानमन्त्रीलाई देश र जनताको भन्दा पदको चिन्ता छ : बिना मगर

    पूर्व खानेपानीमन्त्री बिना मगरले प्रधानमन्त्रीले पदकै लागि प्रतिनिधि सभा विघटन गराएको बताएकी छन् ।

    images

    नेपाल कम्युनिस्ट पार्टी बेलौरी नगर कमिटीद्वारा आयोजित नगर कमिटी भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री मगरले प्रधानमन्त्रीले नागरिकका लागि भन्दा पनि पदकै लागि प्रतिनिधि सभा विघटन गराएको बताएकी छन् । ‘प्रधानमन्त्रीलाई देश र नागरिकको चिन्ता छैन । देशको विकासको बारेमा उहाँलाई कत्ति पनि चिन्ता रहेनछ । मात्र उहाँलाई पदको चिन्ता रहेछ ।’

    भेलालाई सम्बोधन गर्दै उनले भनिन्, ‘नागरिकमाथि कुठाराघात गर्दै प्रधानमन्त्रीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गराउनुभयो । यस्तो तानाशाही प्रवृत्तिलाई नागरिकले चाँडै परास्त गर्नेछन् । प्रधानमन्त्री र उहाँका आसेपासेहरूको भविष्य अब धेरै लामो समय छैन ।’

    प्रधानमन्त्रीका नजिकका मान्छेहरूले सङ्घीयता खारेज गर्नुपर्‍यो भनेर वकालत गरिरहेको, नागरिकको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिहरूलाई प्रधानमन्त्रीका मान्छेहरूले कुल्चने दुस्साहस गरिरहेको उनले बताइन् । ‘यस्तालाई नागरिकले चाँडै पराजित गर्नेछन्’, उनले थपिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ