बिहीबार , असोज ३ गते २०८१

केपी ओली होसमा त हुनुहुन्छ ? : योगेश भट्टराई

केपी ओली होसमा त हुनुहुन्छ ? : योगेश भट्टराई

अखबार दैनिक
सोमबार, पुस २० २०७७
  • केपी ओली होसमा त हुनुहुन्छ ? : योगेश भट्टराई

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेता योगेश भट्टराईले ‘प्रधानमन्त्री केपी ओली होसमा त हुनुहुन्छ ? सन्तुलनमा त हुनुहुन्छ ?’ भनी ग म्भीर प्रश्न गरेका छन् । सोमबार भरतपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

    images

    ‘आजको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको लडाइँ हो । केपी ओली होसमा त हुनुहुन्छ ? सन्तुलनमा त हुनुहुन्छ ?’ नेता भट्टराईले भने, ‘मैले मेरो प्रधानमन्त्रीले मानसिक सन्तुलन गुमाउनु भयो भनेर भनेको छैन । मैले मेरो प्रधानमन्त्रीमा पागलपन सवार भयो भनेको पनि छैन । तर हिजो उहाँले जुन भाषण गर्नुभयो, जे शब्द प्रयोग गर्नुभयो, त्यो अति भयो । अशिष्टता, गालीगलौज, अमानवियता, निकृष्टता सिकाइरहनु भएको छ प्रधानमन्त्री ओलीले ।’

    ‘हाम्रो रगत र पसिनाले बनाएको संविधान आज एउटा व्यक्तिको सनकमा च्यातिन पुगेको छ । संविधानमा हुँदै नभएको कुरा प्रयोग गरेर पुस ५ गते संसद विघटन गर्ने काम भएको छ’ नेता भट्टराईले भने, ‘प्रधानमन्त्रीले संसद भंग गर्न सक्ने व्यवस्था धारा ५३ को ४ मा थियो २०४७ को संविधानमा । २०७२ सालको संविधान बनाउँदा यो राख्ने कि नराख्ने भनेर बहस भयो । त्यो बहसमा केपी ओली र सुवास नेम्वाङ अग्रपंक्तिमा हुनुहुन्थ्यो । २०७२ को संविधानमा त्यसलाई हटाइयो । आज प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार विघटन गरेँ भन्नुहुन्छ । त्यो धाराले पनि उहाँलाई संसद भंग गर्ने अधिकार दिएको छैन । विकल्पहरुमा जानु पर्छ । खोइ विकल्पमा गएको ?’

    प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताउँदै नेता भट्टराईले प्रश्न गरे, ‘जसप्रति जवाफदेही हुनु पर्ने हो उसैलाई फाँसी चढाउन पाइन्छ ? पाइँदैन । हामी सबै संविधानको मातहतमा छौँ ।’ आज पार्टीमा बहुमत आफूहरुसँग रहेको उनले बताए । अल्पमतको भरमा बहुमतमाथि शासन गर्न खोज्ने ओलीबाट बहुदलीय जनवादको घाँटी निमोठ्ने काम भएको नेता भट्टराईको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ