सोमबार, वैशाख २४ गते २०८१

प्रचण्डको भारत यात्राले उब्जाएका भित्री प्रश्न

प्रचण्डको भारत यात्राले उब्जाएका भित्री प्रश्न

प्रचण्डको सचिवालयले भने पत्नी को उपचारबाहेक राजनीतिक कार्यक्रम नरहेको बताएको छ

images
अखबार दैनिक
सोमबार, पुस २० २०७७
  • प्रचण्डको भारत यात्राले उब्जाएका भित्री प्रश्न

    नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सोमबार भारत प्रस्थान गरेका छन् । प्रतिनिधि सभा विघटन पश्चात नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएका बेला उनी पत्नी सीताको उपचारका लागि भारत प्रस्थान गरेका हुन् ।

    images

    लामो समयदेखि पार्किन्सनजस्तो देखिने गम्भीर रोगबाट पीडित सीताको उपचारका लागि सोमबार बिहान ११ बजेको उडानबाट प्रचण्ड पत्नीसहित भारत प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

    यसअघि आइतबार आफू समूहको स्थायी कमिटी बैठकमा प्रचण्डले पत्नीको उपचारका लागि आफू भारत जान लागेको जानकारी गराएका थिए । केही दिन अघि पनि मेडिसिटी अस्पतालमा उपचार गराउन सीता पुगेकी थिइन् । तर, उनको स्वास्थ्यमा कुनै सुधार नदेखिएको भन्दै थप उपचारका लागि उनलाई भारतको मुम्बइ लगिएको हो । यसअघिपनि उनको अमेरिका, सिंगापुर र भारतमा उपचार गरिएको थियो ।

    भारत यात्राले उब्जाएका भित्री प्रश्न :

    मुलुकमा राजनीतिक संकट गरिएका बेला भएको प्रचण्डको भारत यात्रालाई कतिपयले उपचार बाहेक राजनीतिक रणनीतिसँग पनि जोडुेर हेरेका छन् । यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि भारतसहितका मुलुकहरुले प्रतिक्रिया नजनाएको भन्दै प्रचण्डले गुनासो गरेका थिए ।

    कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’सँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमको भारतसहितका मुलुकहरुले प्रतिक्रिया नजनाएको गुनासो गरेका थिए । उनले संसद् पुनर्स्थापितको आफ्नो आन्दोलनमा भारतको सहयोगको अपेक्षा गरेको टिप्पणी भइरहेका बेला सोमबार भारत प्रस्थान गरेसँगै यसलाई महत्वको साथ हेरिएको छ ।

    चीनले पार्टी एकतामात्रै जोड दिए पनि आफूहरुको आन्दोलन र मागबारे चासो नदिएको निष्कर्ष निकालेको प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्ड भारतमा रहँदा केही राजनीतिज्ञसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिए ।

    मुलुकको राजनीतिक, समसामयिकसहित आफूहरुको आन्दोलन लगायतका विषयमा प्रचण्डले छलफल गर्ने बताइएको छ । यद्यपि प्रचण्डको सचिवालयले भने प्रचण्डको उपचारबाहेक राजनीतिक कार्यक्रम नरहेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ