मंगलबार, वैशाख १८ गते २०८१

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ लाख नाघ्यो

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ लाख नाघ्यो

अखबार दैनिक
सोमबार, पुस २० २०७७
  • कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ लाख नाघ्यो

    कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । तर कोरोना संक्रमित निको पनि हुँदै गइरहेका छन् ।

    images

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ५५ लाख २ हजार २ सय ३२ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ लाख ५० हजार ६ सय ७ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वमा ६ करोड ४ लाख ५२ हजार ९ सय १८ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ३ लाख ६० हजार ७८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड ११ लाख १३ हजार ५ सय २८ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या एक करोड २४ लाख ३६ हजार ९ सय ५८ पुगेको छ ।

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ९६ हजार १८ पुगेको छ भने संक्रमितको संख्या ७७ लाख ३३ हजार ७ सय ४६ पुगेको छ । निको हुनेको संख्या ६८ लाख १३ हजार ८ रहेको छ ।

    त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ हजार ५ सय ६ पुगेको छ भने संक्रमितको संख्या ३२ लाख ३६ हजार ७ सय ८७ पुगेको छ । निको हुनेको संख्या भने २६ लाख १८ हजार ८ सय ८२ पुगेको छ

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ