बिहीबार , असोज ३ गते २०८१

भारत जाँदै प्रचण्ड

भारत जाँदै प्रचण्ड

अखबार दैनिक
आइतबार, पुस १९ २०७७
  • भारत जाँदै प्रचण्ड

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएर छुट्टै समुह खडा गरी आन्दोलनमा उत्रनु भएका पुष्पकमल दाहाल, प्रचण्ड सोमबार भारत जानुहुने भएको छ ।

    images

    प्रतिनिधिसभा पुनःस्थापनाको आफ्नो आन्दोलनमा भारतको खुलेयाम साथ माग्नुभएका दाहाल पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जान लाग्नुभएको हो । यसअघि पत्नी सीतालाई उपचारका लागि भारत पठाउँदा छोरीहरु पठाए पनि यसपटक भने प्रचण्ड आफै जान लाग्नुभएको हो । पेरिसडाँडामा बसेको आफ्नो समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू सोमबार मुम्बई जान लागेको जानकारी गराउनु भएको थियो ।

    प्रचण्डपत्नी सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित हुनुहुन्छ । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उहाँलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उहाँको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उहाँ घरमा नै आराम गरिरहनु भएको थियो । भारतमा रहँदा प्रचण्डले पत्नीको उपचारसहित आफ्नो समुहको मागबारे भारतका नेताहरुसँग गोप्य बार्ता गर्ने आँकलन गरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्नुभएपछि भारतले बिपक्षमा नबोलेको भन्दै सार्वजनिक रुपमा भारतको हस्तक्षेप निम्त्याउनु भएको र पछिल्लो पटक पूर्वराजदुत श्यामशरणसँग कुराकानी भइसकेकोले अदालतबाट संसद पुनःस्थापना हुन्छ भन्दै आफू निकटसँग भनिरहेको बेला पत्नीको उपचारकै लागि भारत जाने र थप छलफल गर्ने स्रोतको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ