बिहीबार , असोज ३ गते २०८१

प्रधानमन्त्रीको साहसिक कदमले मुलुक प्रतिगमनबाट जोगियो : गृहमन्त्री थापा

प्रधानमन्त्रीको साहसिक कदमले मुलुक प्रतिगमनबाट जोगियो : गृहमन्त्री थापा

अखबार दैनिक
शनिबार, पुस १८ २०७७
  • प्रधानमन्त्रीको साहसिक कदमले मुलुक प्रतिगमनबाट जोगियो : गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापा बादलले चुनाव अगावै सरकार र महाधिवेशनबिनै पार्टीको नेतृत्व हत्याउने षडयन्त्र सफल नभएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एउटा समुह लिएर पार्टी बिभाजन गरेको बताउनु भएको छ ।

    images

    नेकपा काठमाडौंले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै नेकपा सचिवालय सदस्यसमेत रहनुभएका गृहमन्त्री थापाले प्रचण्ड र माधवले ‘कू’ गरेर पार्टी र सरकारको नेतृत्व हत्याउन खाजेको कारण नै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले साहसिक राजनीतिक कदम चालेको ठोकुवा गर्नुभयो ।

    ‘महाधिवेशनबाट पार्टी र चुनावबाट सरकारको नेतृत्व परिवर्तन गरौं भनेर अन्तिमसम्म हामीले भन्यौं तर उहाँहरुले मान्नुभएन, महाधिवेशनबिनै कू गरेर अध्यक्ष हुने र चुनावबिनै सरकारको नेतृत्व गर्ने योजनाबाट टसमस हुनुभएन,’ नेकपा बिभाजनको कारण खोल्दै गृहमन्त्री थापाले भन्नुभयो, ‘प्रतिगमनतिर जवर्जस्त लान खोजेपछि प्रधानमन्त्रीले साहसिक कदम चाल्नुभयो ।’ गृहमन्त्री थापाले नेकपालाई झण्डै दुई तिहाई मत दिएर पठाए पनि संसदलाई जनताको अपेक्षा भन्दा बाहिर जाने अवस्था आएपछि बिघटन गरिएको बताउनु भयो ।

    ‘त्यो संसद स्थिरताको पक्षमा नदेखिने प्रष्ट भयो, अस्थिरताको अखडा बन्ने खतरा देखियो, प्रतिगमनतिर जाने खतरा देखेपछि प्रधानमन्त्रीले साहसिक राजनीतिक कदम चालेर बिघटन गर्नुभयो, प्रतिगमन रोक्नुभयो । उहाँले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अत्यन्तै गलत आरोप लगाएर आपत्तिजनक रुपमा घेराबन्दी गरेकाले आफूले प्रचण्डको साथ छाडेको पनि प्रष्ट पार्नुभयो ।

    प्रधानमन्त्री ओलीले आगामी चुनावबाट प्रधानमन्त्री र महाधिवेशनबाट पार्टीको नेतृत्व छाड्ने बताइरहेको समयमा आफ्नो पार्टीको नेतालाई नमानी अपराधी जस्तो करार गर्दै आरोपपत्र ल्याएकाले अहिलेको परिस्थिति आएको पनि उहाँले प्रष्ट पार्नुभयो । थापाले संसद विघटन परिस्थितिको उपज भएको भन्दै ठूलो राजनीतिक कूलाई रोक्नका लागि प्रधानमन्त्रीको कदमलाई समर्थन गरेको बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ