सोमबार, मंसिर १० गते २०८१

सार्थक जिवनका लागि नियमित अध्ययन अनिवार्यः मन्त्री लम्साल

सार्थक जिवनका लागि नियमित अध्ययन अनिवार्यः मन्त्री लम्साल

अखबार दैनिक
शनिबार, पुस १८ २०७७
  • सार्थक जिवनका लागि नियमित अध्ययन अनिवार्यः मन्त्री लम्साल

    पर्वत
    गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साललले सार्थक जिवनयापनका लागि नियमित अध्ययन अनिवार्य रहेको बताउनु भएको छ । 
     फलेवास नगरपालिका वडा नंं. ५ खानिगाउँ स्थित मोती सामुदायिक पुस्तकालयको एघारौँ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लम्सालले सार्थक जिवनका लागि नियमित अध्ययनको बानी बसाल्नुपर्नेमा जोडदिनुभएको हो । पुस्तक ज्ञानको आधार भएको चर्चा गर्दै मानिसले जिवनमा प्राप्त गरेका ज्ञानलाई अझै परिषकृत गरि सार्थक जिवन यापनका लागि नियमित अध्ययनको आवश्यकता रहेको औँल्याउनुभयो ।
      “अध्ययन हरेक व्यक्तिको जीवन परिर्वतन गर्ने अस्त्र हो, पुस्तकले हरेक मानिसलाई यात्रा बिनानै संसर घुमाउछ, विद्वानहरु सँग भेटाउछ, , राजनितिक नेताहरुलाई चिनाउछ, मन्त्री लम्सालले भन्नुभयो,” वैज्ञानिकहरुलाई चिनाउछ, पुस्तकको अध्ययन बाटै जिवन र जगतको पूर्ण ज्ञान प्राप्त गर्न सकिन्छ त्यसैले हरेक व्यक्तिले औपचारिक शिक्षा भन्दा अनौपचारिक शिक्षा बाट धेरै ज्ञान आर्जन गर्न सक्छ, त्यो अवसर मोती पुस्तकालयले हाम्रो समाजलाई दिएको छ,” । पुस्तक विनाको जिवन निरर्थक हुने उहाँको भनाई थियो ।
    पुस्तकालयले धेरै जनमानसको दैनिकीमा आमूल परिर्वतन ल्याउने बताउदै मन्त्री लम्सालले स्थानिय स्तरमा रहेको उक्त पुस्तकालयको भरपुर प्रयोग गरि यहाँका स्थानियवासीले असिमित ज्ञान आर्जन गर्नुपर्नेमा जोडदिनुभयो । पुस्तकालय समाज रुपान्तरणको बलियो खम्बा रहेको चर्चा समेत गर्नुभयो । पुस्तकालयका संस्थापक तथा बरिष्ठ समाजसेवी भोलानाथ शर्माले पुस्तकालय अध्ययन अनुसन्धानकर्ता सबै ईच्छुक अध्येतालाई आवश्यक पर्ने महत्वपूर्ण ज्ञानको सागर रहेको चर्चा गर्नुभयो । जिवनको उद्देश्य पुरा गर्न पनि नियमित अध्ययनमा ध्यानदिनुपर्नेमा जोडदिँदै उहाँले पुस्तकालयको पर्याप्त मात्रामा लाभ लिई पूर्ण ज्ञान हासिल गर्न स्थानियवासीलाई आग्रह गर्नुभयो ।
    २०१६ सालमा स्थापना भएको मोती सामुदायीक पुस्तकालय व्यवस्थापन समितिमा पुरानै समितिलाई निरन्तरता दिईएको छ । जसको अध्यक्षमा कृष्णराज पौडेल, उपाध्यक्ष दुर्गा सुवेदी लम्साल, कोषध्यक्षमा हरि प्रसाद पोखरेल हनुहुन्छ । त्यस्तै सदस्यहरुमा वडाध्यक्ष दिपक शर्मा पौडेल, गोविन्द प्रसाद सापकोटा, सुवास सापकोटा, भिम ब.लम्साल क्षेत्री, ईन्दीरा तिवारी, नेत्र बराल, सन्देश लामिछाने, सरोज लम्साल,लकास सुवेदी हुनुहुन्छ भने सदस्य सचिवमा ईन्द्र प्रसाद सापकोटा रहनुभएको छ । सल्लाहकारहरुमा खिल प्रसाद शर्मा, अर्जुन कुमार रेग्मी,  रामचन्द्र पुरी, आत्माराम शर्मा, लोकेन्द्र पौडेल रहनुभएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार