बिहीबार , असोज ३ गते २०८१

जनतालाई ढाँटे प्रधानमन्त्रीले

जनतालाई ढाँटे प्रधानमन्त्रीले

अखबार दैनिक
शुक्रबार, पुस १७ २०७७
  • जनतालाई ढाँटे प्रधानमन्त्रीले

    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिएको एक अभिव्यक्ति झुटो रहेको पुष्टि भएको छ । शुक्रबार प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्ने क्रममा दिएको प्रधानमन्त्री ओलीको अभिव्यक्ति गलत रहेको पुष्टि भएको छ ।

    images

    सो भेलालाई सम्बोधन गर्ने क्रममा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेकपाको वैधता आफूहरु रहेको दाबी गर्दै प्रचण्ड–माधव समूहले दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिसकेको दाबी गरेका थिए । प्रचण्ड–नेपाल समूहले दिएको निवेदन रित नपुगेको भन्दै आयोगले फिर्ता गरेको बताउँदै प्रधानमन्त्री ओलीले आफ्नो समूह आधिकारिक रहेकाले आयोगमा निवेदन दिन आवश्यक नै नपरेको बताए ।

    ‘उहाँहरु (प्रचण्ड–नेपाल समूहका नेताहरु)ले निर्वाचन आयोगमा निवदेन दिनुभएको रहेछ । आयोगले हिजो उहाँहरुको निवेदन रित नपुगेको र अनुचित भनेर फिर्ता पठाइदियो । केही प्रमाण नभएको यसको केही अर्थ छैन भनेर फिर्ता पठाइदियो । सूर्य चिन्ह हामीले पाउँ भनेर उहाँहरु जानुभएको थियो, निर्वाचन आयोगले अस्वीकार ग¥यो । हामी निर्वाचन आयोग गएका छैनौं र जान आवश्यक पनि छैन, किनभने हामी अधिकारिक हौं । सूर्य चिन्ह हामीसँगै छ’, प्रधानमन्त्री ओलीले सो भेलामा भनेका छन् ।

    तर, निर्वाचन आयोगले प्रचण्ड–नेपाल समूहको निवेदन फिर्ता पठाएको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति झुट रहेको पुष्टि भएको छ ।

    प्रचण्ड–नेपाल समूहका नेतासमेत रहेका नेकपाका प्रवक्ता (ओली समूहले प्रवक्ताबाट हटाइएका) नारायाणकाजी श्रेष्ठले आफूहरुले दिएको निवेदन फिर्ता नभएको क्यानडानेपाललाई जानकारी दिए । ‘निवेदन फिर्ता भएको भन्ने कुरा गलत हो । आयोगले निवेदन फिर्ता गरेको भनेर प्रधानमन्त्रीले वाइयात बोल्नु भयो । निवेदन फिर्ता भएको छैन र हुँदैन पनि’, श्रेष्ठले भने ।

    प्रचण्ड–नेपाल समूहका नेता श्रेष्ठले भनेजस्तै निर्वाचन आयोगले पनि प्रधानमन्त्री ओलीको अभिव्यक्ति झुटो रहेको बताएको छ । आयोगले निवेदन फिर्ता गरेको भन्ने कुरा गलत रहेको आयोगका उपसचिव तथा सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए । दर्ता भएको निवेदन फिर्ता नहुने भन्दै उनले प्रचण्ड–नेपाल समूहले दिएको वैधता दाबीको निवेदनमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहले दिएको निवेदन आयोगले फिर्ता गरेको बताउनु भयो, फिर्ता गरेको हो ? भन्ने प्रश्नको जवाफ दिँदै सहायक प्रवक्ता धमलाले भने, ‘होइन, होइन । फिर्ता गरेको छैन । दर्ता भएको निवेदन प्रक्रियामा जान्छ, फिर्ता हुँदैन ।’

    उसो भए प्रधानमन्त्री ओलीले झुठो बोल्नु भएको हो ? भन्ने प्रश्नमा सहायक प्रवक्ता धमलाले फेरि भने, ‘प्रधानमन्त्रीज्यूले राजनीतिक भाषण गर्नु भएको होला । तर, आयोगले निवेदन फिर्ता गरेको छैन ।’

    प्रधानमन्त्री ओलीले संवैधानिक अंगमा दिइएको निवेदनका सम्बन्धमा झुटो अभिव्यक्ति दिएर जनतालाई ढाँट्ने काम भएको पुष्टि भएको छ । यसले प्रधानमन्त्री ओलीमाथिको विश्वसनीयतामा ह्रास आउन सक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

    यही मंसिर ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा ओली र प्रचण्ड–नेपाल दुई समूहमा विभाजित भएको छ । प्रचण्ड–नेपाल समूहले आफूसँग ७० प्रतिशत सदस्य रहेको भन्दै नेकपाको वैधता आफूहरुले पाउनु पर्ने दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ