बिहीबार , असोज ३ गते २०८१

वैधानिक नेकपा हामी नै हौं, सूर्य चिन्ह पनि हाम्रै हो : प्रधानमन्त्री ओली

वैधानिक नेकपा हामी नै हौं, सूर्य चिन्ह पनि हाम्रै हो : प्रधानमन्त्री ओली

अखबार दैनिक
शुक्रबार, पुस १७ २०७७
  • वैधानिक नेकपा हामी नै हौं, सूर्य चिन्ह पनि हाम्रै हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले चल्नै नसक्ने र अफ्नो स्वार्थपुर्तिमा केन्द्रित रही अराजक भएकाले संसद विघटन गरिएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा सर्वसम्मत नेता रहको आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटनको कदम चाल्नुपरेको पनि प्रष्ट पार्नुभएको छ ।

    images

    प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका सांसदहरू अनुशासनहीन भएको र सभामुखले पनि पदीय मर्यादाअनुसार काम नगरेकाले ‘ताजा जनादेशको दबाई’ खोजेको प्रष्ट पार्नुभयो । आफ्नो संबोधनको क्रममा प्रधानमन्त्री ओलीले सरकारले निर्णयका लागि संसदमा पठाएको बिषयलाई सभामुखले रोकेर राखेको तथ्य पनि खोल्नुभयो । सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेको उहाँको भनाई थियो ।

    ‘संसदले गर्नुपर्ने निर्णय नगरेर सभामुखले रोकेर राखेका छन । संसद् विघटन भइसकेपछि केही सांसदहरूले हस्ताक्षर लगेर साढे ३ बजे प्रस्ताव पेस गरे । विघटन भइसकेको संसदको अविश्वास प्रस्तावको कुनै अर्थ थिएन,’ सभामुख सापकोटाले किर्ते गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संसद विघटन भइसकेपछि साढे ३ बजे आएको अविश्वासको प्रस्ताव १०ः४० मै आएको थियो भनेर किर्ते सनाखत गरेको थियो । सभामुखजस्तो मर्यादित पदबाट वैधानिकता दिनका लागि साढे १० बजे भएको छ भनेर झुटो सनाखत, सभामुखबाट किर्ते काम भयो, लज्जास्पद भयो ।’ सभामुख सापकोटा र आफ्नै दलका सांसदहरू अराजक भएको कारण त्यसको विकल्प ताजा जनादेश भएको प्रधानमन्त्रीको भनाई छ ।

    ‘यसको दबाई ताजा जनादेश हो । चल्नै नसक्ने संसदको दबाई ताजा जनादेश थियो । संसद अनुशासनहीन र अराजक भयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । पार्टीभित्र अस्थिरतातर्फ लैजाने काम भएकाले आफूले कदम चालेको भन्दै उहाँले अव निर्वाचनतिर मुलुक होमिएको बताउनुभयो । ‘बहुमत, अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि हुन्छ । त्यो देखाउनका निम्ति सक्रिय हुन आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । बहुमत भए निर्वाचनबाट आउन पनि ओलीले आग्रह गर्नुभयो । प्रचण्ड र माधव समुहले गणतन्त्र र संघीयता ठीक होइन भन्नेहरूलाई बढावा दिइरहेको खुलासा पनि प्रधानमन्त्री ओलीले गर्नुभयो ।

    आफ्नो र राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा प्रचण्ड र माधव समुह लागेर राजतन्त्र सही हो भन्नेहरूलाई ठाउँ पुगिरहेको उहाँको भनाइ थियो । ‘यहाँ त राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिनलाई राष्ट्रपतिको हुर्मत लिने काम भएको छ । संविधान खत्तम हुन्छ भन्ने निरर्थक कुराहरूको हल्ला चलाइएको छ । संविधान कार्यान्वयनका लागि मैले कदम चालेको छु । प्रणालीको रक्षा हुन्छ भनेर त्यसका लागि मैले कदम चालेको छु । पार्टीले यस अभियानलाई ठीक ढंगले अगाडि बढाउँछ भनेर त्यसका लागि मैले यो कदम चालेको छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना नहुने भन्दै सबैलाई निर्वाचनमा आउन सवैलाई आग्रह पनि गर्नुभयो । उहाँले आफू नेतृत्वको नेकपा नै आधिकारिक रहेको भन्दै सूर्य चिह्न आफूले पाउनेमा ढुक्क रहन कार्यकर्ताहरूलाई आश्वस्त पार्नुभयो । ‘कसैले निवेदनको चिर्कटो निर्वाचन आयोगमा पुर्याउँदैमा वैधानिकता प्राप्त हुँदैन । हामी वैधानिक नेकपा हौं । अदालत र आयोगमा उहाँहरु जानुभएको छ । हामी यहाँ छौं भनेर छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्था हाम्रो होइन । दुनियाँलाई थाहा छ हामी कहाँ छौं । उहाँहरु अलपत्र पर्दै हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    उहाँले प्रचण्ड माधव पक्ष अभद्र र अशिष्ट भाषा र नारासहित सडकमा पुगेको भन्दै नारी अस्मितामाथि खेलबाड जस्तो गम्भीर अपराध गरिरहेको बताउनुभयो । राष्ट्रपति संस्थामाथि असभ्य आक्रमण गरेर प्रचण्ड पक्ष गणतन्त्रविरुद्ध लागेको उहाँको भनाई छ । ओलीले प्रचण्ड माधव पक्षले संवैधानिक प्रक्रिया अवरुद्ध गरेपछि संविधान कार्यान्वयन तथा रक्षाका लागि ताजा जनादेशमा जानु परेको र त्यो अधिकार संविधानले दिएको प्रष्ट पार्नुभयो ।

    प्रधानमन्त्री ओलीले प्रदेशहरूमा पनि अस्थिरता ल्याउन दाहाल र नेपाल पक्ष लागिरहेको बताउनु भयो । प्रदेशहरूमा अविश्वासको प्रस्तावहरू गइरहेको भन्दै त्यसले अशान्ति सिर्जना गर्ने उहाँको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ