बिहीबार , असोज ३ गते २०८१

राष्ट्रियसभाका १ सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

राष्ट्रियसभाका १ सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

अखबार दैनिक
शुक्रबार, पुस १७ २०७७
  • राष्ट्रियसभाका १ सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    राष्ट्रिय सभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वाब परीक्षण गराएका राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    images

    संसद सचिवालय स्रोतका अनुसार बिहीबार स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै बिहीबार नै स्वाब परीक्षण गराएका ५६ जना कर्मचारीमध्ये ५ जनामा पनि संक्रमण पुष्टि भएको सचिवालय स्रोतले जनाएको छ ।

    राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार सुरु हुँदैछ । कोरोना संक्रमित सांसद अधिवेशनमा सहभागी हुन पाउने छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ