बिहीबार , असोज ३ गते २०८१

राष्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो बैठक सुरु

राष्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो बैठक सुरु

अखबार दैनिक
शुक्रबार, पुस १७ २०७७
  • राष्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो बैठक सुरु

    राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ ।

    images

    प्रधानमन्त्री केपी ओली शर्माको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको बैठक शुक्रबार बसेको हो ।

    बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका छन् । बैठकमा दलीय प्रतिनिधित्वका आधारमा अहिले दलका नेताहरुले सम्बोधन गरिरहेका छन् ।

    शुक्रबारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १२ गते राष्ट्रिय सभाको अधिवेशन आह्यवान गरेकी थिइन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ