पोखरा
सुस्ताएको पर्यटन क्षेत्रलाई थोरै भएपनि ब्यूताउँने प्रयासका साथ पोखरामा सडक महोत्सव’ सञ्चालन गरिएको छ । रेष्टुरेन्ट तथा बार एसोसियसन (रेवान) पोखरा द्धारा अंग्रेजी नयाँ बर्षको अवसरमा पोखरा लेकसाइडमा आयोजित त्रिदिवसीय सडक महोत्सव’को बुधवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले कोरोनाले तहसतहस पारेका सवै किसिमका उद्योग तथा व्यवसाय पुर्नउत्थानका लागि गण्डकी प्रदेश सरकारले एक अर्व रुपैयाको कोष स्थापना गरिएको बताउनुभयो । “कोरोनाका कारण प्रभावित उद्योग, पर्यटन लगायतका क्षेत्रमा पारेको असरलाई दृष्टिगत गर्दै हामीले व्यवसाय रक्षा कोष चाडैनै कार्यान्वयनमा ल्याउछौँ, उहाँले भन्नुभयो,” सबै किसिमका व्यवसायलाई समेटने गरी उक्त कोष वितरण गर्छौ” ।
गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा कोभिड १९ ले बढी प्रभाव पारेको बताउँदै मुख्यमन्त्री गुरुङले उक्त कोषले व्यवसायलाई पुर्नस्थान गर्न थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । फेवाताल किनारास्थित रत्नमन्दिर र हिमागृह खुल्ला गरेर आन्तरिक एवम् बाह्रय पर्यटक प्रवद्र्धन गर्न गण्डकी प्रदेश सरकारले चाहेता पनि प्रक्रियागत ढंग बाट जानुपर्दा केही समय ढिला हुन पुगेको बताउनुभयो । अबको दुइ महिना भित्र रत्नमन्दिर र हिमागृह खुल्ला गर्ने उहाँको भनाई छ ।
उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले सडक महोत्सवले पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश प्रभाव गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रकृति एवम् सहासिक पर्यटकको गन्तव्य पोखरालाई पर्यटनको हवकारुपमा विकास गरि समृद्धि हासिल गर्न प्रदेश सरकारले पूर्वाधार विकास निर्माणमा लगानी गरिरहेको बताउनुभयो ।
कार्यक्रममा पोखरा महानागरपालिकाका प्रमुख मानबहादुर जिसी, पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धञ्नजय रेग्मी,
रेष्टुरेन्ट तथा बार एसोसियसन (रेवान) का केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारी लगाएतले बोल्नुभएकोा थियो ।
“समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको आवश्यकता” भन्ने मूल नाराका साथ आयोजित सडक महोत्सव पुस १७ गतेसम्म सञ्चालन गरिने रेवानका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिनुभयो । विगत बर्षहरुमा महोत्सव एक हप्तासम्म सञ्चालन हुँदै आएकोमा कोरोना भाईरस कोभिड १९ का कारण तिन दिन मात्र गरिएको हो । पोखरा खुला छ, यहाँ सबै सेवा सुचारु छन् भन्ने सन्देश फैलाउनका लागि मात्र सांकेतिक रुपमा उक्त महोत्सव आयोजना गरेको आयोजकको भनाई छ ।