बिहीबार , असोज ३ गते २०८१

अष्टलक्ष्मी शाक्यले बोलाइन् वाग्मती प्रदेश संसदीय दलको बैठक

अष्टलक्ष्मी शाक्यले बोलाइन् वाग्मती प्रदेश संसदीय दलको बैठक

अखबार दैनिक
बुधबार, पुस १५ २०७७
  • अष्टलक्ष्मी शाक्यले बोलाइन् वाग्मती प्रदेश संसदीय दलको बैठक

    नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहले मुख्यमन्त्रीमा प्रस्ताव गरेकी अष्टलक्ष्मी शाक्यले संसदीय दलको बैठक बोलाएकी छन् ।

    images

    प्रदेश संसदीय दलको बैठक आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको शाक्यले बताइन् ।

    यही पुस १० गते मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको दर्ता गर्दै शाक्यलाई प्रस्तावित गरिएको थियो ।

    “संसदीय दलको बैठक नबस्दा धेरै निर्णय प्रभावित भएको छ । प्रदेशसभाका अधिकांश सदस्यहरू काठमाडौंमै भएकाले बिहान ११ बजे पेरिसडाँडाको पार्टी मुख्यालयमा बैठक बोलाइएको छ,” उनले बाह्रखरीसँग भनिन् ।

    मंगलबार मुख्यमन्त्री पौडेलले प्रदेश संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेका थिए । आजै शाक्यले आफैंले बैठक आह्वान गरेकी हुन् । योसँगै संघमा देखिएको गतिरोध प्रदेश तहका संरचनामा सरेको छ ।

    बुधबार नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले महिला भेलाको आयोजना गरेको छ ।

    त्यस्तै, दिउँसो स्थायी कमिटीको अनौपचारिक बैठक बसेर आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने पनि उनले बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ