बिहीबार , असोज ३ गते २०८१

आज राजा वीरेन्द्रको ७६औं जन्मजयन्ती

आज राजा वीरेन्द्रको ७६औं जन्मजयन्ती

अखबार दैनिक
मंगलबार, पुस १४ २०७७
  • आज राजा वीरेन्द्रको ७६औं जन्मजयन्ती

    तत्कालीन राजा वीरेन्द्रको ७६ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँछ । जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनीप्रति विशेष श्रद्धा गर्नेहरुले ललितपुरको जाउलाखेलमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पण गरी तत्कालीन राजा वीरेन्द्रको सम्झना गरेका छन् ।

    images

    २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्याकाण्डमा मृत्यु भएको थियो । सो हत्या काण्डमा राजपरिवारका नौ जना सदस्यको हत्या भएको थियो । हत्याकाण्ड अझै रहस्यमय रहेको छ ।

    २०२८ सालमा बाबु महेन्द्रको निधनपछि राजा बनेका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र स्थापना गर्ने, जनमत संग्रह गराउने, दक्षिण एसियाली क्षेत्रिय संगठन सार्कको स्थापना पनि गरेका थिए ।

    त्यस्तै राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्वहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ