बिहीबार , असोज ३ गते २०८१

सभापति देउवालाई भेट्न चिनियाँ टोली बुढानिलकण्ठमा

सभापति देउवालाई भेट्न चिनियाँ टोली बुढानिलकण्ठमा

अखबार दैनिक
मंगलबार, पुस १४ २०७७
  • सभापति देउवालाई भेट्न चिनियाँ टोली बुढानिलकण्ठमा

    नेकपा भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको छ । देउवा निवास बुढानिलकण्ठमा मंगलबार बिहान भएको चिनियाँ टोलीले देउवासँग नेपालको राजनीतिक तथा समसामयिक विषयमा कुराकानी भएको छ ।

    images

    आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो ।

    सोमबार सो टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवुकमार नेपाल र झलनाथ खनाललाई भेटेको थियो । उनीहरुसँगको भेटमा सो टोलीले नेकपाको एकतामा जोड दिएको थियो । सोमबार नै सो टोलीले जनता समाजवादीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेको थियो ।

    नेकपाका नेताहरुसँगको भेटपछि मंगलबार बुढानिलकण्ठ पुगेको सो टोलीले नेपालमा विकसित राजनीतिक घटनाक्रममा कांग्रेसको धारणाबारे जानकारी लिँदै आफ्नो सुझाव दिएको छ ।

    नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएको चीनले आफ्नो टोली पठाएर नेकपा एकतामा जोड दिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ