बिहीबार , असोज ३ गते २०८१

संसद पुर्नस्थापना गरेर नेकपा विभाजन रोक्ने सम्भावना

संसद पुर्नस्थापना गरेर नेकपा विभाजन रोक्ने सम्भावना

अखबार दैनिक
मंगलबार, पुस १४ २०७७
  • संसद पुर्नस्थापना गरेर नेकपा विभाजन रोक्ने सम्भावना

    नेकपा बिभाजन हुन नदिन अन्तराष्ट्रिय रूपमा दवास सिर्जना हुन थालेको छ । पार्टी भित्रकै एउटा समूहले पार्टीलाई फुटबाट जोगाउन अन्तराष्ट्रिय समुदायसँग परामर्श गरिरहेको बुझिएको छ ।

    images

    संसद पुर्नस्थापना गरेरै भएपनि नेकपाको विभाजित दुई समुहलाई मिलाउने प्रयास गर्न आग्रह गर्नका लागि चिनियाँ टोली नेपाल आइपुगेको छ । नेपालमा कम्युनिस्टको राम्रो माहोल बन्दै गएको अवस्थामा पार्टीलाई कसरी जोगाउने भन्नेबारे नेकपाको एक समूह लागिरहेको स्रोतले बताएको छ ।

    त्यहि टोलीको अभियान अन्तर्गत चीनले चासोको साथ यो विभाजन रोक्न प्रयास गरिरहेको बुझिएको छ । यसअघि पनि बरू सरकार चदेरै भएपनि पार्टी एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले आग्रह गरेको थियो ।

    नेकपाभित्र ओली र प्रचण्डले दुई पार्टी बनाएर जाने हो भने अब कम्युनिस्ट कहिलै सत्तामा फर्किन नसक्ने भन्दै संसद पुनर्स्थापना गरेरै भएपनि पार्टी मिलाउने अभियान सुरू भएको बताइन्छ । संसद पुर्नस्थापना भयो भने फेरि नेकपामा नफुट्ने आधार तयार हुने उनीहरूको बुझाई छ ।

    अभियान अन्तर्गत संसद पुर्नस्थापना गरेपछि प्रधानमन्त्री ओली हटेर अरूलाई समर्थन गर्ने र पार्टी अध्यक्षमा ओली रहनेगरी तयारी गरेको र दवाव दिने काम भैरहेको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ