बिहीबार , असोज ३ गते २०८१

चिनियाँ टोलीसँगको भेटमा प्रधानमन्त्रीले के भने ?

चिनियाँ टोलीसँगको भेटमा प्रधानमन्त्रीले के भने ?

अखबार दैनिक
मंगलबार, पुस १४ २०७७
  • चिनियाँ टोलीसँगको भेटमा प्रधानमन्त्रीले के भने  ?

    प्रधानमन्त्री केपी शर्मा ओलीले अब पछाडि फर्किन सकिने स्थिति नरहेको बताएका छन् । सोमबार चिनियाँ टोली सँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    images

    आइतबार काठमाडौँ आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो । भेटमा चिनियाँ टोलीले नेपालको संसद् विघटनको बारेमा चासो राखेको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट संसद्को दुरुपयोग गरी अप्रिय दुर्घटना निम्त्याउने तयारी भएपछि संसद् विघटन गर्नुपरेको बताएका थिए ।

    स्रोतका अनुसार चिनियाँ टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि चुनावमा जाने निर्णय लिउको बताउँदै अब पछि फर्किन नसकिने बताए । उनले भने, ताजा जनादेशका लागि चुनावमा जाने निर्णय गरेको हुँ, अब सम्झौताका नाममा पछि फर्किन सकिन्न ।’

    यस्तै चिनियाँ राष्ट्रपतिका विशेष दूत कुओ येचौले ‘के मध्यावधि चुनाव सहज ढङ्गले सम्भव छ ?’ भनी सोधेको प्रश्नमा उनले ‘किन छैन ? मज्जाले सम्भव छ ।’ भनेर जवाफ दिएका थिए ।

    स्रोतका अनुसार चिनियाँ टोलीले प्रधानमन्त्रीसँग तीन चरणमा भेट गरेको बताइएको छ । पहिलो चरणमा अर्थमन्त्री र सुवास नेम्वाङसहित, दोस्रोचरणमा प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईसहित र तेस्रो चरणमा प्रधानमन्त्रीसँग एक्ले भेटवार्ता गरे ।

    टोलीको अर्को जिज्ञासा पार्टीमा पुनः कुनै मिलन विन्दु छ ? भनेर सोधिएकोमा ‘नेकपा फुट नै नभएको र कोही नेता आफ्नो व्यक्तिगत स्वार्थका लागि गएका मात्र हुन्, यसलाई पार्टी फुटेको भन्न मिल्दैन’ प्रधानमन्त्रीले भनेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ