प्रचण्ड–माधव नेपाल पक्षीय नेकपा केन्द्रीय कमिटी बैठकमा नेता झलनाथ खनाल प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् । उनले ओली अति तानाशाही र स्वेच्छाचारी भएको आरोप लगाउँदै संसद् विघटन गर्नुलाई असंवैधानिक कदम भएको टिप्पणी गरे । उनले भनेका छन् ओलिको तानाशाही फालेर अब नेपालामा फेरी प्रजातन्त्र आउँछ ।
ओलीकै कारण पछिल्लो समय पार्टी निकै कठिन मोडबाट गुज्रिएको बताउँदै खनालले ओली विधि भन्दा मनलाग्दी तरिकाले अघि बढेको टिप्पणी गरे । ‘मनलाग्दी मन्त्री बनाए, कहिल्यै हाम्रो कुरा सुनेनन्’ बैठकमा खनालले गुनासो गरे ।