शुक्रबार, मंसिर ७ गते २०८१

ओलीलाई हटाएर माधव नेपाल नेकपाको अध्यक्ष

ओलीलाई हटाएर माधव नेपाल नेकपाको अध्यक्ष

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • ओलीलाई हटाएर माधव नेपाल नेकपाको अध्यक्ष

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ । नयाँ अध्यक्ष माधवकुमार नेपाल बन्नेछन् ।

    images

    आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक अगाडि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई बनाउने निर्णय गरेको छ । पार्टीको विधान अनुसार प्रचण्डसँगै नेपालले आलोपालो अध्यक्षता गर्नेछन् ।

    महासचिव भने तोकिएको छैन । विष्णु पौडेल अध्यक्ष ओली समूहले बोलाएको बैठकमा गएका छन् । प्रचण्ड–माधव समूहका नेताहरुले महासचिव पौडेल नै बैठकमा आउने अपेक्षा गरिएको बताएका छन । उनी नआए अध्यक्षले माइन्यूट उठाउने छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ