शनिबार, वैशाख ७ गते २०८२

संसद् विघटनको प्रस्ताव सकरात्मक : अध्यक्ष महर

संसद् विघटनको प्रस्ताव सकरात्मक : अध्यक्ष महर

अखबार दैनिक
आइतबार, पुस ५ २०७७
  • संसद् विघटनको प्रस्ताव सकरात्मक : अध्यक्ष महर

    सत्तारुढ दल नेकपाको भ्रातृ संस्था अनेरास्ववियूका संयोजक ऐन महरले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई समर्थन गर्न आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग र प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याउन लागिएकाले संसद् विघटनको बाध्यात्मक अवस्था आएको पनि उनले बताएका छन् ।

    images

    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूह महाभियोग र अविश्वासको प्रस्तावका लागि अघि बढेपछि ओलीले संसद् विघटनको बाध्यकारी कदम चाल्नुपरेको महरको भनाइ छ ।

    प्रचण्ड गुटले राष्ट्रपतिविरुद्ध महाभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेर अगाडि बढेपछि नयाँ जनादेशका लागि प्रधानमन्त्रीले चाल्नुभएको बाध्यात्मक कदम हो संसद् विघटन । सबैले समर्थन गरौं र हिम्मत हुनेहरुले ताजा जनादेशका लागि तयार बनौं,” उनले फेसबुकमा लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ