बिहीबार , असोज ३ गते २०८१

प्रधानमन्त्री ओलीसँग एकता नगर्न प्रचण्डलाई माधव नेपालको सुझाव

प्रधानमन्त्री ओलीसँग एकता नगर्न प्रचण्डलाई माधव नेपालको सुझाव

अखबार दैनिक
शनिबार, पुस ४ २०७७
  • प्रधानमन्त्री ओलीसँग एकता नगर्न प्रचण्डलाई माधव नेपालको सुझाव

    पुस ४,

    images

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सहमति नगराउन वरिष्ठ नेता माधवकुमार नेपाल खुलेर लागेको खुलासा भएको छ । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली सहमति बनाउन दिनभर सक्रिय भएपनि त्यो सार्थक बन्न नसकेको नेताहरुले बताएका छन् ।

    प्रधानमन्त्री ओली दुई वर्षपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड निवास खुमलटार पुगेका थाहा पाउने वित्तिकै नेता नेपाल पनि पुग्नु भएको थियो । तर, प्रधानमन्त्री ओली बाहिरिएपछि पुग्नु भएका नेता नेपालले कुनै पनि हालतमा ओलीसँग नमिल्न आग्रह गर्नुभएको थियो ।

    दुई अध्यक्षबीचको वार्तामा ढिलो गरी पुग्नु भएका उपाध्यक्ष बामदेव गौतम भने खुमलटारबाट निस्केपछि मोबाइल स्वीच अफ गरेर बस्नु भएको छ । प्रचण्डले ओलीसँग भेट भएलगत्तै माधव नेपाललाई सबै जानकारी गराउनु भएको थियो । प्रचण्ड कुनै सहमति गरेर फेरि ओलीसँगै मिल्छन् कि भन्ने आशंका माधव नेपाल पक्षमा अझै पनि कायमै छ ।

    सचिवालयका नेता बामदेव गौतम, रामबहादुर थापा बादल, विष्णु पौडेल मात्र होइन स्थायी कमिटीका आफ्नो समूहका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराई समेत दुवै अध्यक्षका लिखित आरोप प्रत्यारोप फिर्ता गराएर सहमतिको प्रस्ताव लैजान क्रियाशील रहेकाले पनि नेपाल आफु नेकपामा एक्लिने हो कि भन्ने त्रासमा रहनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ