बुधबार, भदौ ३१ गते २०८३

सर्वोच्च बारमा नयाँ पदाधिकारीका लागि आज निर्वाचन हुँदै

सर्वोच्च बारमा नयाँ पदाधिकारीका लागि आज निर्वाचन हुँदै

अखबार दैनिक
शनिबार, पुस ४ २०७७
  • सर्वोच्च बारमा नयाँ पदाधिकारीका लागि आज निर्वाचन हुँदै

    ४ पुष २०७७

    सर्वोच्व अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ ।

    प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानून व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमानव शाक्यले गरेका छन् । वरिष्ठ अधिवक्ता खनाल पूर्णरुपमा कानूनी पेशामा समर्पित छन् भने अर्का वरिष्ठ अधिवक्ता शाक्य प्रोफेसर पनि हुन्।

    सर्वोच्च बारको प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा सदस्य जम्मा ६०५ जना कानूनी व्यवसायीले मतदान गर्दै छन् । बिहान ८ बजेदेखि २ बजेसम्म निर्वाचनको समय तोकिएको छ ।

    सर्वोच्च बारका सदस्यमा कोभिडको सङ्क्रमण भएको सदस्य भएमा लाइनमा नबसीकन सिधै मतदान गर्ने व्यवस्था गरिएको छ ।

    सर्वोच्च बारले यसपटक मत माग्दै प्रचारप्रसारको सामाग्री कागज बाँडने काममा प्रतिवन्ध लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार