पुस ३,
एक समय थियो, गाँजा अधिकांश मुलुकले गैरकानुनी लागुपदार्थको सुचिमा राखेको थियो । समय र विज्ञानको क्रमिक विकास सँगै गाँजामा केही यस्ता तत्व फेला परे जसलाई मेडिकल विज्ञानमा अर्थपूर्ण हिसाबमा हेरियो । र फलस्वरूप धेरै मुलुकले गाजा प्रतिको संकुचित दृस्ठिकोणमा परिवर्तन ल्याई सामान्य जडिबुटीको रुपमा कानुन बनाएर नियमन गर्नतिर अग्रसर भए ।
समयको कुनै कालखण्डमा कानुनले वर्जित गरेर खतरनाक लागू औषध करार गरेको गाजा प्रतिको दृष्टिकोणमा समय सँगै परिवर्तन आयो । ७० को दशकअघि नेपालमा समेत उत्पादन र विक्रि वितरणमा प्रतिवन्ध लागेको अभिलेख छैन यद्यपि ७० दशक पश्चात पनि भित्रभित्रै कारोवार गर्ने र सेवन गर्नेको संख्यामा असाधारण वृद्धि भएको विभिन्न तथ्यांकले पुष्टि गर्छ । तर पनि विश्व बजारमा नेपाली गाजाको निर्यात कहिले देखि भयो भनेर यसै भन्न सकिने ठोस आधार छैन ।
गाँजा सम्बन्धी ऐतिहासिक पृष्ठभुमि केलाउने हो भने विभिन्न किंवदन्तीहरु फेला पर्छन् । जसमध्य हिमालयमा आएर महादेवले गाँजा सेवन गरेको किम्बदन्तीबारे हामी अधिकांश परिचीत छौं । देवदेवीहरुले विभिन्न प्रयोजनका लागि गाँजाको प्रयोग गरेको पनि हामिले धार्मिक पुराणहरुमा सुनिरहेका हुन्छौं । त्यसलाई हामीले प्रत्यक्ष आधार मान्ननसकेपनी अप्रत्यक्ष आधारसुचको रुपमा लिन सक्छौं ।
जब विश्व बजारमा आर्थिक क्रान्तिको सुरुवात भयो त्यस बेला देखि नेपाली गाजालाइ आम्दानीको स्रोत बनाएको पाइन्छ । सन् १९७६ मा नेपाल सरकारले अमेरिकी दबाबमा गाजाको प्रयोग र उत्पादनमा रोक लगायो त्यस दशकमा नेपालमा दित्यी युगको सुरुवात भयो । अमेरिका लगायत अन्य मुलुक बाट नेपालमा गाजा सेवन गर्ने मानिसहरुको संख्यामा असाधारण वृद्धि भयो । फलस्वरूप अमेरिकाले आफ्नो नागरिकहरुमा चिन्ता दर्शाउदै नेपालमा गाजा प्रतिबद्ध गर्न दबाब दिएको थियो । चार दशक पछि अमेरिकाले आफ्नो मुलुकमा गाजाको प्रयोग र उत्पादन सहज बनायो र आफ्नो राज्यहरुमा खुल्ला गर्यो । सोही नजिरलाई पच्याउँदै अन्य विभिन्न पश्चिमी मुलुकहरुले गाँजालाइ वैधानिकता दिन थाले । सन् १९९५ मा औषधिमुलक प्रयोजनका लागि अमेरिकी राज्य क्यालिफोर्नियाले गाँजालाइ वैधानिक मान्यता सुम्पियो ।
सन् २०१३ मा ल्याटिन अमेरिकी मुलुक गाँजामाथीको प्रतिबन्ध पुर्ण रुपमा फुकुवा गर्ने पहिलो देशको रुपमा चिनियो । यो औषधि, वैज्ञानिक अनुसन्धान ,खाद्य र व्यवसायी प्रयोजनका लागि खुल्ला गरिएको थियो । त्यस्तै चिलि, पेरु, मेस्किको, ब्राजिल, नेदरल्यान्, कोलम्विया, इजरायल, थाइल्यान्ड जस्ता अन्य मुलुकमा पनि क्रमशः गाँजा व्यवसाय खुल्ला गर्न अग्रसर भए । सोही नजिरलाई पछ्याउँदै अहिले नेपालमा पनि गाँजालाइ खुल्ला गरिनुपर्छ भन्ने बहस सिर्जना भएको छ ।
प्राचीन समयमा पनि नेपालमा गाजालाइ आयुर्वेदिक औषधि, मनोरञ्जन, खाद्यसामाग्री र भगवान् को प्रसादको रुपमा प्रयोग गर्ने गरिन्थ्यो । अन्य देशहरुमा गाँजाको बाली तापक्रम र जलवायु अनुसार उत्पादन हुन्छ भने नेपालमा विभिन्न समयमा विभिन्न प्रकारका गाँजा उत्पादनका हुने भएकाले नेपाल गाजा खेतिको लागि उर्वर भुमी मानिन्छ । नेपालको हिमाली भेगमा बाहेक अन्य जुनसुकै ठाउमा पनि गाँजा खेती गर्न सकिन्छ ।
नेपालमा गाउँ घर, आगन, खेतबारीमा गाँजा आफैं उम्रने भएकाले यो प्रसस्त मात्रामा पाइन्छ । त्यस्तै लुकि छिपी गाजाको खेती र विक्रिवितरण गरेको समाचारबारे त हामी अवगत नै छौं । तर पछिल्लो समय संयुक्त राष्ट्रसंघले गाँजालाइ खतरा लागू पदार्थबाट हटाइएको छ । अहिला गाँजाको व्यापार गर्ने र गाजाको सेवन गर्ने व्यक्तिलाई राज्यले अपराधीको रुपमा व्यवहार गर्द्थ्यो तर अहिले त्यो दृस्ठिकोण परिवर्तन भएको छ ।
हिजो सम्म अपराधको रुपमा हेरिने गाँजा व्यापारलाई अहिले फाइदा देखेर आम्दानीको स्रोतको रुपमा खुल्ला गरिएको छ । स्वास्थ्यमा पुर्याउने नोक्सानीको हिसाबले पनि गाँजा अन्य चुरोट, सुर्ती र रक्सीको तुलनामा निकै कम हानिकारक मानिन्छ । गाँजा कम खर्चमा उत्पादन गर्न सकिने बस्तु हो । उपयुक्त कानुन बनाएर नियमन गर्न सके यसले हाम्रो देश नेपालको आर्थिक उन्नतिमा ठुलो मद्दत पुर्याउन सक्छ ।
गाँजाबाट हामिले कागज, तेल, औसधि लगायत अन्य थुप्रै वस्तु उत्पादन गर्न सक्छौं । यसलाइ रोजगारको अवसरको रुपमा पनि सिर्जना गर्न सकिन्छ । हामिले पनि हाम्रो दृस्ठिकोणमा र बुझाईमा परिवर्तन ल्याउन आवस्यक छ । यसलाई हामिले नगदेबालिको रुपमा व्यवासायिक खेती गर्न सक्छौं ।
तसर्थ गाँजा उत्पादन हाम्रो देशको वातावरणीय प्रकृतिको हिसाबमा अनुकुल देखिन्छ । जुन चिज विभिन्न दृष्टिकोणबाट वास्तवमा बहुमुल्य छ त्यो त्यसै खेर गइरहेको छ । जब हामी प्रकृतिको अनुपम उपहारलाई वेवास्तापूर्ण ढङ्गले लत्याउछौं तब त्यससँग सम्बन्धीत अन्य येथेष्ट आयामहरुलाई पनि लत्याईरहेका हुन्छौं । अन्ततोगत्वा हामिले बुझ्नुपर्ने कुरा के हो भने, गाँजा व्यवसायलाई सहि नियमले पालना गरे हामए सुखी नेपाली समृद्ध नेपालको नारालाई केहिहदसम्म टेवा पुर्याउन सक्छौं ।
लेखिका कानुनको विद्यार्थी हुनुहुन्छ ।