आइतबार, जेठ ६ गते २०८१

श्रीराम सुगर मिलले भोलिदेखि उखु किसानको बक्यौता रकम खातामा पठाउने

श्रीराम सुगर मिलले भोलिदेखि उखु किसानको बक्यौता रकम खातामा पठाउने

अखबार दैनिक
बिहीबार , पुस २ २०७७
  • श्रीराम सुगर मिलले भोलिदेखि उखु किसानको बक्यौता रकम खातामा पठाउने

    पुस २,

    images

    श्रीराम सुगर मिलले शुक्रबारदेखी उखु किसानको बक्यौता रकम किसानको खातामा पठाउने भएको छ ।

    सबैभन्दा धेरै भुक्तानी रकम बाँकी रहेको सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरिसकेको र भोली देखी किसानको खातामा पठाउने व्यवस्था मिलाएको नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए ।

    बिहिबार प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले रकम खातामा जम्मा गरिसकेको जानकारी गराएका हुन् ।

    श्रीरामले ३५ करोड रूपैयाँ किसानलाई दिन बाँकी छ । अन्य उद्योगसँग पनि भुक्तानी दिलाउन समन्वय गरिरहेको अग्रवालले बताए ।

    उखु किसानहरु आफुले उधोगीबाट पाउनुपर्ने बक्यौता रकम असुल गरिदिन माग गर्दै गत मंसिर २८ गते देखी काठमाडौँको माइतीघर मण्डलामा धर्ना र प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार