पुस २,
आजकल लाग्छ नियम कानुन पनि केटिकै लागि मात्र छन् । यो कुरा बोल्दा भोलिदेखि बाटोमा हिड्न डर छ । तर सत्य कुरा, बूढो कमाउन खाडीमा गए बुढी अर्कैको गाडिमा रजाइ गर्छे । बुढाले चाहिँ केही गरे कानुन, बुढी ढुक्कैले अर्कैसङ्ग जान पाउछे । गल्ती को कसको मतलब छैन । एक महिना घर नधानेकी बुहारीले अंश मुद्दा हाली कप्लक्क आधा सम्पत्ति खान पाउछे । अस्ति बस चढ्दा गाडी हुत्तिदा एउटि केटिसङ्ग केटा ठोक्कियो एक चड्कन हानी आमा दिदिबहिनी छोइ बेइज्जत गरि केटाले आँसु रोक्नै सकेन । अर्को दिन त्यही केटि मेरै पछाडी उभिएर बारम्बार ठोक्किराथी । तर के गर्ने मैले सोच्नै सकिन । किन थाहा छ? किनकि उसले जे गरेपनी गलत कहाँ हुन्छ ! मैले झुक्किएर छोए बलात्कार हुन्छ । उसले मलाइ चलाए पनि उ केटि हो । उ नै पीडित हुन्छे । म शोषणमा परे पनि म केटा परे । म नै घृणित हुन्छु । उसले सिक्स प्याक्स एब्स् हेरुम न भन्दा शान हुने मैले तिम्रो फिगर क्या राम्रो भन्दा अपमान हुने ?
उसले तिमी कति हट भन्दा मैले खुशिको शिखर चढ्नु पर्ने । मैले तिमी कति सेक्सी भन्दा नकारात्मकताको पात्र बन्नुपर्ने । किन थाहा छ ? किनकी उ त केटि हो । तिमिले सम्मान गर चाहे तिमिभन्दा कान्छी हो या जेठी हो । उ छाडा बोल्दै हिडेपनी उसको पुजा गर किनकी उ देवि हो । उसलाइ सम्मान गर्नसिक चाहे उ रक्सी खाएर क्लबमा अर्धनग्न नाच्दै भेटियोस् । तर तिमी त छोरा मान्छे । चाहे उसले तिम्रो योवनको तिम्रै अगाडि कुरा काट्छे । उसका अधिकार सुरक्षित छन् । उसले आफ्ना कुरा ठुला ठान्छे । उसको सब कुरा मान चाहे तिम्रै पछाडिबाट छुरा हान्छे । तिमिले उसको सम्मान गर्न सिक किनकी तिमी त छोरा मान्छे।
हो, तिमिले उसको सम्मान गर्न जान्नै पर्छ किनकी तिम्रो देशको राष्ट्रपति महिला हो । हो त्यही महिला राष्ट्रपति भएको देश जहाँ एउटि बालिका बलात्कारको मुद्दा अल्झेको खै कति वर्ष भयो । हो मैले भने जसरी काम झत्तै हुदैन । तर महिला अधिकारका लागि लड्छु भन्ने राष्ट्रपति कर्तव्य पूरा गर्ने बेलामा कता हराउछिन पत्तै हुदैन । नारी नाम गरेका प्राणी, नाम र रित बिर्सिएर परका नरहरुसङ्ग नारिदै हिडेपनी तिमिले उसको सम्मान जारी राख किनकी उ त नारी हो । आफुले आधा नाइटो देखाएर ब्याकलेस ब्लाउज देखाउदै छिमेकीको छोरिले तिघ्रा देखाएको स्कर्ट लगाउनेको कुरा काट्छे । किनकी उसले लगाएको त सारी हो । नारी भयौ भन्दैमा सबैको सम्मान गर्न खाचो ठान्दिन म । आफ्नो घरको वास्ता नगरी बस्ती बसाउने कुन्जना घिमिरेको सम्मान गर्छु । तर ठूलो ओहदामा भएर पनि केही गर्न नसक्ने राष्ट्रपतिको अपमान गर्छु । हो म बेचिएको छोरिहरुलाइ माइती फर्काउने अनुराधा कोइरालाप्रती हात जोडि नमन गर्छु । तर मात्र महिला भएकै कारण इज्जत दिनु नै पर्ने हो भने तिनिहरुको लागि इज्जत मनको चिहानमै दफन गर्छु ।
१८ वर्षिया युवती "महिला सिट" मा बस्छिन, अस्पताल हिँडेका बिरामी बुवा ढोकामा झुन्डिन्छन । हामीले त्यसलाई 'महिला अधिकार'को नाम दियौं । पण्डितको नाति "गाई खाने" हुन्छ, हामीले त्यस्लाइ 'धर्म निरपेक्षता' को नाम दियौँ । आफुले पढाएका विद्यार्थी अाफु भन्दा उच्च अाेहदामा पुगिसके शिक्षक बिचरा स्थायी हुन जिवन कटाउछन त्यसलाई हामीले अारक्षणकाे नाम दियाै ।
संस्कारी बनाउला भनेकी छोरी , "मेरो शरीर नाङ्गो होइन , तिम्रो नजर बाङ्गो हो" भन्न थाल्छे हामीले त्यसलाई 'स्वतन्त्रता' को नाम दियौं । यो सबैलाई हामीले 'परिवर्तन' को नाम दियौं तर त्यो परिवर्तन होइन, 'अराजकता' थियो । अराजकताले "विकास" होइन "विकृति" भित्र्यायो अनि हामी प्रश्न गर्दै हिड्यौँ ,"देश किन बिग्रियो ?" गजब छ हाम्रो सोचाई ...........
लेखक : निराजन ढकाल