शुक्रबार, मंसिर ७ गते २०८१

कुमुद - कथा

कुमुद - कथा

अखबार दैनिक
बुधबार, पुस १ २०७७
  • कुमुद - कथा

    अँध्यारो र बन्द कोठा , कोठा भित्र लत्ताकपडा राख्ने सानू सन्दुस, दुइओटा ओछ्यौटो , टेबुलपोसले सजाइएको सानो टेबुल , टेबुलमाथी साहित्यक रचनाका ठेली , ठेलिमाथी उत्ताने आयताकार आरसी अनि आरसीको मुखेन्जी कुमुद ; उस्का बुबाआमाको नाउँको पहिलो अक्षर मिलाएर उस्को नाउँ कुमुद राखिएको रे ।

    images

    आरसी अगाडी उभिएर कुमुद आफैलाइ हेरिरहेको थियो । उस्को पृष्ठभुमिमा चन्द्रसुर्य अङ्कित झण्डा र 'सद्गुरु' को तस्बिरले तेज छोडिरहेको थियो । सद्गुरुका स्पष्ट

    विचारहरुको पृष्ठगामी हो उ ।

    आरसिमा उ प्रतिबिम्बित भइरहेको थियो । उस्को अरबी दारी, अरविन्दाक्ष र मुस्क्यानले आरसिमा आकर्षक छाप छोडिरहेको थियो ।

    उस्मा तारुण्य झल्कदो थियो ;

    नझल्कोस पनि कसरी , आखिर २१ वर्षे तरुण न हो ।

    ९ महिनापछी कर्मथलो , काठमाण्डौ पुर फर्कदै छ उ। दिर्घ समयपछि क्याम्पस देख्न पाउने , प्रेयसी अनि साथिभाइ भेट्न पाउने ; अझ खासगरी उस्का हितैसी साथी रमेश र नविनलाइ भेट्न पाउनेमा उ निकै प्रफुल्ल र तृष्ट थियो ।त्यसको लागि उस्ले आठ घण्टाको लामो दुरि पार गर्नुपर्ने थियो । यात्रा दिवाकालमा रहेकाले पनि उ खुसी थियो ; त्रिशुलि नदि हेर्दै जान पाउने , बाटै बाट भए`नि मनकामना देवीको दर्शन पाउनेमा झनै खुसी । ............

    बुटवल बसपार्क देखि बस छुट्नु बीस मिनेट अगावै उ बस भित्र छिर्यो ! बिस्तारै अन्य यात्रीहरु पनि उ सङ्गै भित्र छिर्दै थिए। कोहि गह भरी आँसु बनाएर चडिरहेका थिए, कोहि हजुरामाको ख्याल राख्नु है भनी त कोहि आफ्ना महतारी सङ्ग दिनमा एकफेर भिडियो कलमा बोलौला है भन्दै छुट्टिरहेका थिए । उ आफ्नो सिटमा बसेर अन्य यात्रु हरुको गतिविधि हेरिरहेको थियो ।

    बसभित्र मानिसहरु क्रमश: आ-आफ्ना सिट खोज्दै बस्दै गरिरहेका थिए। सबै सिट भरीभराउ थिए । कुमुद सङ्गैको सिटमा पनि एक पट्ठी आएर बसेकी थिइ । लड्कीको पहिरन सरल थियो , लाल पछ्येउरी ओडेकी थिइ, मुख ढाक्ने अवयवलाइ गुलाफी लालिमाले सजाएकी थिइ ; सुरसुन्दरी, देवाङ्गना जस्ती देखिएकी थिइ उ ।......

    ...... " सङ्गैको सिटमा कोहि च्वाँक , हिसि परेकी केटि भै`द्योस, समयकटनीका लागि सुरिला बातचित गर्न पाइयोस, मन्द मुस्कानको चमक छोड्दै मोहनी लगाउन पाइयोस त मज्जा आउदो हो " उ घरै छदा ऐना अगाडि उभिएर यहि गुनगुनाइरहेको थियो । अलिकता स्त्रीलम्पट चरित्रको थियो कुमुद तर युवतीहरु सङ्ग बोल्दा भने उ आँखा जुधाउन सक्थेन । ......

    .......दुवैजना मौन थिए , कुमुद ठिटिसङ्ग बोल्न खोजिरहेको थियो तर ...डराइरहेको थियो। " कुन ठाउदेखी हजुर ?" मौनता तोड्दै उ बोल्यो ।उस्लाइ प्रश्न सोधिरहदा कुमुदको चेहरा रात्तै भ`को थियो । तर उ केही बोलिन । कुमुदलाइ उदेक लाग्यो ।

    उ तिर टुलुक्क हेर्छ कुमुद , "के छ ह यो अनुहारमा ? के छ त्यस्तो ? " यहि सोच्दै आखै-आखाले छाम्न थाल्छ ! "तक्लिफ़ छ कि , थकथकी छ कि , दु:खदायी घटना लुकेका छन कि , प्रसन्नता छ कि ! हैन , हैन ; प्रसन्नता त पक्कै छैन ! केवल एक निष्कल्ङ्क मुहार छ " उस्को अनुहारमा अझै खोज्छ । केहि खुट्ट्याउन सक्दैन ।

    " अरे! यस्तो विनित रहेर सोध्दा पनि नबोल्ने ? आफ्नो सुन्दरता को तुजुक पनि कतिसम्म भएको ह? कत्रो घमण्ड! " उ झ्याल खोलेर बाहिर हेर्दै बर्बरायो " हैन ! घमण्ड नहोला ; निश्चय नै केही सोच्दै बाहिरी दुनियाँमा डुबेको हुनुपर्छ " ।

    " हाइ ! म कुमुद , तपाइको शुभनाम चाहिँ ? " अलिकता दिक्दारिको मुस्कान फ्याक्दै पुनः सोध्यो, सायद उस्लाइ जसरी`नि परिचय बनाउनु थियो । " ह ...... हेल्लो ! म शाकुन्तल " थोरै झस्किदै उ बोली ।

    दुवैजनाले चिनापर्चि गरे ।

    बिस्तारै उ कुमुद सङ्ग सुविस्ताका साथ नहिच्किचाइ बोलिरहेकी थिइ । " कस्तो सरलता , कस्तो भलाद्मिपन , आहा ! ; कसैलाइ जान्दै नजानी यसै टिप्प्णी गर्नु नहुने रहेछ " उस्ले मगजमा सोच्यो , मैले भित्रभित्रै बोलिदिए । " ल अब हाम्रो यो अन्तर्वार्ता लाई केही बेर यहि रोकौ ,आउदैतस एउटा उपन्यास ल्याएकि थिए, पढ्छु ! है ? " धेरै बेरसम्म को गफलाइ रोक्दै मन्द मुस्कान खर्च गर्दै सोधी । कुमुदले पनि उस्को " है" लगत्तै " हुन्छ" जोड्यो । उस्ले हातेझोला देखि जि.एस पौड्यालको 'एक सर्को माया' नामक उपन्यास झिकी अनि ओठ हल्लाउदै पढ्न लागि ।

    " उस्ले पढ्छु है भनी सोधेकी पो हो त , मैले हैन एक्कैछिन अझै बोलौ न भने`का भए पनि हुने ! त पनि खुब पटु भएर मतैक्य जना भनी सिकाउनु पर्ने है ?" उ झ्याल बाहिर हेरि मन्द स्वरमा म लाइ गाली गर्दै थियो । " यो त मलाइ औधी मनपर्ने उपन्यास हो , कहाँसम्म पुगेउ तिमी पढेर भनी सोध्न त , हुदैन ?" मैले उपाय दिए उस्लाइ ; उ सङ्ग फेरि गफगाफ गर्ने निहुँ त पाएको थियो कुमुदले तर उस्को तन्मयतालाइ भङ्ग पार्न चाहेन ।.....

    ........" सुन्नुहोस्न ❗️ अहिलेको दशैमा घरमा नीर रङ लगाउँन, है ? " बढो उत्कण्ठाका साथ उस्ले आफ्नो कान्तलाई सोधी । " हुदैन , बुबाले पीत रङ लगाउने भन्नुभ`को छ ।" उस्ले दुई टुक्रा शब्दमै आफ्नी भार्यालाई निर्णय सुनाइदियो । उ मौन बसि र सोच्न लागि , " म सानो छदा माइतमा बाबालाइ घरमा नीर रङ लगाउन भनेकी थिए , त्यसैसमय दाजिले हुदैन गुलाफी रङ लगाउने हो भन्नुभ`को थियो । बाबाले बडो रतिरागसङ्ग हास्दै शिरमा हात राखी विवाहवारी गरि आफ्नो घर गए`सि नीर रङ्ले घर पोत्नु ल भन्नुभएको थियो र गुलाफी रङले रङ्गाइएको थियो घर । आफ्नो घर❓️कहाँ हो मेरो आफ्नो घर ? मैले आझ सम्म पत्ता लगाउन सकेकी छैन ‼️

    " अहो कस्तो वजनदार सपना देखेछु " सहसा बजेको हर्नले उ निद देखि बिउझियो । " मिट्ठो निद्रा पर्यो जस्तो छ नि केटा , तरुनीको छेउ परेर त हैन ?" मैले अट्टाहसको हासो हास्दै भने । " नकरा ! बिउझाइदिन सकेनस तैले ? हेर , यतिका बेरसम्म बिचरी एक्लै भै । तैले बिउझाइदेका भए`नि अलिकती जिस्किन त पाइन्थ्यो , उत्ताउलो हुन त पाइन्थ्यो । " नाकका रौ हल्लिने गरि कड्किदै बोल्यो कुमुद।

    " उत्ताउलो रे ! हैन , त्यति नजिकको भइसकिस र ? " म जिस्किए। यसपल्ट उ केही बोलेन । " हैन को सङ्ग बोल्दै हुनुहुन्छ तपाइ?" शाकुन्तलले ताजुब मान्दै सोधी । " हैन हैन कोहि हैन । अनि कहाँ सम्म पुग्नुभो त पढेर ?" उस्ले सोध्यो । " कहाँ पढ्नुनी ! पढ्न जागरै चलेननी । अब रुममै पुगेर सक्काउनु पर्ला।" प्रत्युत्तरमा उस्ले भनि । " देखिस त ! मैले भनेको होइन अघिनै सोध भनेर ? " मैले अलिकता रवाफका साथ भने कुमुदलाइ । यसपटक पनि उ केही बोलेन , वा बोल्न चाहेन; थाहा भएन ।

    उनिहरु दुई फेरि आफ्नै गफमा रम्न लागे, उपन्यास,

    फिल्म , हिन्दी गितका बारेमा कुरा जमाउन थाले । " तिम्रो स्वर अति मृदु , मृदुभाषी रहेछौ तिमी " शाकुन्तलको आँखामा-आँखा जुधाएर भन्यो उस्ले । उ केही बोलिन, लजाउदै तलतिर मात्र हेरिरही । अचम्म हुनुन्छ हैन कि आँखामा हेरेर बोल्न नसक्ने कुमुद कसरी .............❓️ छाडिदिनुस , म स्वयम नै आश्चर्यमा छु ।

    " तिमी सार्है राम्री छेउ शाकुन्तल , नम्बरी सुन जस्ती । हैन हैन , तिमी हिरक हौ ; नाथे सुनको के भाउ र तिम्रो अघि " कुमुद एकैस्वरमा बोल्यो । यसपाली त झन शाकुन्तल खित्का छोडेर हासी तर उस्लाइ हेर्न भने सकिन ; टाउको निहुराइ रहि - लाजले । " खै त ! यतिका तारिद गर्दा नि बोल्दिन त ; अल्लि चाडै नै भएछ क्याहो यार " म सङ्ग बल्ल बोली मिसायो उस्ले । " बोल्ने बेला मलाइ सोधेको होस् र ? रिसाइहोलिनी , फकाइ अब " म यत्ती बोले । धेरै बेरसम्म बोलेनन दुवैजना , सायद लाजले होला । धार्के आउदा नआउदै उस्ले सोध्यो ," नम्बर पाउन मिल्छ तिम्रो ?"

    " सागर ! के भयो ? किन बर्बराको ह ? अघिको ह्विस्कीले अझै छोडेन तलाइ? भोलि बिहानै ६ बजे बसपार्क पुग्नु पर्छ , गाउँ फर्किन! सुत है सुत । " दाइको बोलिले म झसङ्ग भएर बिउझेछु । " कस्तो गहकिलो सपना देखेछु " म भन्छु । मलाइ मैले देखेको सपनामा कुमुदले बसमा देखेको सपनाले निकै प्रभाव पार्छ । उक्त सपनामा हठ र अहम पुरुषमा मात्र नजर आएको छ , तर कुरा हठ, अहम वा रङको भने होइन ; कुरा नारी अस्तित्वको हो । तपाईं र हामी यस कहानिको दायरामा छैनौ परन्तु आज पनि कैयौं नारिहरु यस्ता दायरामा आउछन । सपनामा कहानी छोटो भएतापनी समाजको सोच प्रती अत्यन्तै ठूलो कटाक्ष प्रहार गरेको छ ।

    सागर अर्याल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ