शुक्रबार, जेठ ४ गते २०८१

भुक्तानी माग्दै उखु किसानको आन्दोलन सोमबार पनि जारी

भुक्तानी माग्दै उखु किसानको आन्दोलन सोमबार पनि जारी

अखबार दैनिक
सोमबार, मंसिर २९ २०७७
  • भुक्तानी माग्दै उखु किसानको आन्दोलन सोमबार पनि जारी

    २९ मंसिर २०७७

    images

    चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै सर्लाहीका उखु किसानहरु पुन: आन्दोलित भएका छन् । गत वर्ष पुस १८ गते सरकारसँग भएको सम्झौता पालना हुनुपर्ने माग गर्दै आइतबारदेखी पुन आन्दोलित भएका हुन् ।

    किसानले आफ्नो परिश्रमको कमाई भक्तानीको माग गर्दै आन्दोलन सोमबार पनि जारी राखेका छन् । उनीहरुले माइतीघर मण्डलामा विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका छन्। शनिबार उखुको भुक्तानी माग्न चिसो झेल्दै किसानहरु काठमाडौँ आइपुगेका थिए ।

    किसानलाई राहत दिनुपर्ने सरकारले उखुको भुक्तानी दिलाउन नसक्दा उनीहरूले आइतबार माइतीघर मण्डलमा आक्रोश पोखेका थिए । चाररपाँच वर्षअघि करिब एक दर्जन चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस र नवलपरासीका उखु किसान निरन्तर आन्दोलित छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ