बिहीबार , वैशाख २७ गते २०८१

‘चिसो मान्छे’ को लागि स्वस्तिमाले १८ लाख पारिश्रमिक लिएको हल्ला

‘चिसो मान्छे’ को लागि स्वस्तिमाले १८ लाख पारिश्रमिक लिएको हल्ला

अखबार दैनिक
सोमबार, मंसिर २९ २०७७
  • ‘चिसो मान्छे’ को लागि स्वस्तिमाले १८ लाख पारिश्रमिक लिएको हल्ला

    मंसिर २९,

    images

    नायिका स्वस्तिमा खड्काले चलचित्र ‘चिसो मान्छे’मा १८ लाख पारिश्रमिक लिएकी छिन् । स्वस्तिमाले चलचित्र करिअरमा वुझेको सबैभन्दा महंगो पारिश्रमिक यही नै हो । दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । यो टिमसँग स्वस्तिमाले चलचित्र ‘लभ लभ लभ’मा काम गरेकी थिइन् ।

    ‘चिसो मान्छे’मा अभिनेताको रुपमा अर्पण थापा अनुबन्धित भएका छन् । निर्मात्री शर्मिला पाण्डेले फिल्म अभिनयको विषयमा अर्पणसँग कागजी साम्झौता भएको जानकारी दिएकी छन् । कोरोनाको कहर सामान्यपछि छायांकन सुरु हुने फिल्मको लेखन निर्देशक खनाल आफैंले गरेका हुन् । कोरोनाको कारण सरकारबाट घोषित लकडाउनमा उनले लेखन सक्याएका थिए । फिल्मको छायाकन पनि निर्देशन दीपेन्द्र आफैंले गर्दैछन् । यस अगाडिको सुपरहिट फिल्म ‘आमा’को छायाँकन पनि उनी आफैंले गरेका थिए ।

    २०७८ साल भदौ ११ गते प्रदर्शन मिति तोकिएको फिल्मको छायांकन सुदूरपश्चिमका विभिन्न ठाउँमा हुने बताइएको छ । पहिलो पटक स्वस्तिमा र अर्पणले यो फिल्म मार्फत स्क्रिन शेयर गर्न लागेका हुन् ।

    चलचित्रमा ३ जना कलाकार रहनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ