सोमबार, भदौ ३१ गते २०८१

चीनमा ३ वर्षसम्म नजरबन्दमा परेकी पत्नी र छोरासँग भेट्दा

चीनमा ३ वर्षसम्म नजरबन्दमा परेकी पत्नी र छोरासँग भेट्दा

अखबार दैनिक
सोमबार, मंसिर २९ २०७७
  • चीनमा ३ वर्षसम्म नजरबन्दमा परेकी पत्नी र छोरासँग भेट्दा

    चीन सरकारले देश छिर्न र देश छोड्न अनुमति नदिएपछि विछोडिएको परिवारको तीन वर्षपछि सुखद् मिलन भएको छ । तीन वर्षसम्म टाढा रहेका आफ्नी पत्नी र छोरालाई सदाम अब्दुसलामले यही १० डिसेम्बरमा अस्ट्रेलियाको सिड्नी एयरपोर्टमा स्वागत गर्दाको क्षण निकै भावुक बन्यो ।

    images

    अब्दुसलामले आफ्नो छोरालाई पहिलो पटक भेट्न पाए । चीन सरकारले देश छा्ड्ने अनुमति नदिएका कारण उनकी पत्नी नादिला वुमाएर चीनको शिन्जिआङ प्रान्तमै रहेकी थिइन् । अस्ट्रेलियन र चिनियाँ उच्च अधिकारीहरुको कुटनीतिक पहलपछि चीनले वुमाएरलाई अस्ट्रेलिया जाने अनुमति दिएको हो ।

    यस्तो थियो घटना

    चीनको अस्पसंख्य उइघर मुस्लिम समुदायका सदाम अब्दुसलाम एक दकशदेखि अस्ट्रेलियामा नै बस्दै आएका थिए । उनी अस्ट्रेलियाको नागरिक बनिसकेका थिए । चीनको शिन्जिआङ प्रान्तमा उनकै समुदायकी नादिला वुमाएरसँग उनको प्रेम थियो ।

    सन २०१६ मा अब्दुसलाम प्रेमिकासँग बिहे गर्नका लागि चीन गएका थिए । उनले बिहे पनि गरे । त्यसको करिब १ वर्षपछि पत्नीलाई छाडेर अब्दुसलाम अस्ट्रेलिया फर्किए । अस्ट्रेलिया जान पत्नी वुमाएरको भिसा प्रक्रिया चलिरहेको थियो ।

    सको केही समयपछि उनीहरुको छोरा जन्मियो । चीन सरकारले त्यहाँ रहेका मुस्लिम समुदायको गतिविधि माथि कडाइ गर्नथाल्यो । सदामलाई चीनले फर्किन भिसा नै दिएन । उनकी पत्नी नादिलालाई घरमै नजरबन्दमा राखियो ।

    यसबीचमा सदामले आफ्नी पत्नी र छोरालाई अस्ट्रेलिया आउने वातावरण मिलाइ दिन अस्ट्रेलिया सरकारसँग आग्रह गरे । अस्ट्रेलिया सरकारको लामो समयसम्मको प्रयास पछि चीनले वुमाएर र उनका छोरालाई अस्ट्रेलिया जान अनुमति दिएको हो ।

    आफ्नो परिवारसँगको मिलनपछि सदामले अस्ट्रेलियाको विदेश विभागलाई धन्यवाद दिएका छन् ।

    बिबिसीबाट

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ