शनिबार, असोज १७ गते २०८३

हप्तामा दुई दिन बिदा भन्दा सात दिन नै बिदा दिऔं : पूर्वमन्त्री पण्डित

हप्तामा दुई दिन बिदा भन्दा सात दिन नै बिदा दिऔं : पूर्वमन्त्री पण्डित

अखबार दैनिक
सोमबार, मंसिर २९ २०७७
  • हप्तामा दुई दिन बिदा भन्दा सात दिन नै बिदा दिऔं : पूर्वमन्त्री पण्डित

    मंसिर २९,

    निजामती कर्मचारीलाई कति बिदा दिने भन्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने काम गृहको हो। त्यससम्बन्धी अध्ययन गर्ने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयको भए पनि पर्यटन मन्त्रालयले विभागीय कार्यक्षेत्र कुल्चेर निजामती कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने प्रस्ताव अघि सारेको छ।

    पर्यटन मन्त्रालयका प्रवक्ता कमल भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गरेर दुई दिन बिदा दिने प्रारम्भिक मस्यौदा नै सार्वजनिक गरेको छ। मस्यौदामा दुई दिन बिदा दिएमा राज्यको १ अर्ब ६५ करोड रुपैयाँ बचत हुने, लैगिंक समानता कायम हुने, आन्तरिक पर्यटन वृद्धि हुने, परिवारमा मिलन आउने जस्ता तर्क गरिएको छ।

    तर, पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको माझमा लोकप्रिय हुन गृह र सामान्यको अधिकार कुल्चेर पर्यटनले कार्यदल बनाएको बताउँदै भने, ‘त्यस्तो हो भने किन दुई दिन मात्र बिदा दिने ? सात दिन नै बिदा दिऔं। झन लोकप्रिय हुन्छौं।’ अनुपयुक्त ठाउँबाट, अनपयुक्त समयमा र अनुपक्त किसिमबाट पर्यटनले कार्यदल बनाएको उनले बताए।

    हप्तामा दुई दिन विदा दिने पद्धति यसअघि २०५६सालमा प्रयोग गरिएको थियो। तर यो प्रयोग अव्यबहारिक देखियो र धेरै लामो मसयसम्म टिक्न सकेन। २० वर्ष अघि नै नेपालमा अव्यबहारिक र असफल भएको प्रयोग फेरि दोहर्याउन नहुने विज्ञहरूको भनाइ छ। ‘एकपटक असफल भइसकेको प्रयोग फेरि किन दोह¥याउने ?,’ पण्डितले भने।

    हप्तामा दुई दिन बिदा दिनेसम्बन्धी कार्यदल बनेको र उक्त कार्यदलले मस्यौदा समेत सार्वजनिक गरेको विषयमा सामान्यका उच्च कर्मचारीहरु अनविज्ञता प्रकट गर्छन्। सामान्य मन्त्रालयका सचिव एकनारायण अर्यालले यसबारेमा मन्त्रालयलाई औपचारिक जानकारी नभएको बताए। ‘यस विषयमा मन्त्रालयलमा औपचारिक जानकारी छैन। न त यस विषयमा सामान्यले अहिलेसम्म सहमति नै दिएको छ,’ अर्यालले भने।

    तर पर्यटन मन्त्रालयका प्रवक्ता तथा हप्तामा दुई दिन बिदा दिनेसम्बन्धी गठन गरिएको अध्ययन टोलीका संयोजक कमल भट्टराईले हप्तामा दुई दिन बिदा दिए राज्यको १ अर्ब ६५ करोड रुपैयाँ बचत हुने भन्दै यस्तो प्रयोग नेपालमा गर्नुपर्ने अडान राखे।नागरिक दैनिकबाट

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ