बुधबार, भदौ ३१ गते २०८३

राष्ट्रिय फुटबल खेलाडीको तलब बढ्यो, महिला र पुरुषले समान तलब पाउने

राष्ट्रिय फुटबल खेलाडीको तलब बढ्यो, महिला र पुरुषले समान तलब पाउने

अखबार दैनिक
शुक्रबार, मंसिर २६ २०७७
  • राष्ट्रिय फुटबल खेलाडीको तलब बढ्यो, महिला र पुरुषले समान तलब पाउने

    मंसिर २६,

    नेपाली राष्ट्रिय फुटबल खेलाडीको तलब बढेको छ । अब महिला र पुरुषले समान तलब पाउने भएका छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबलको तलब बढाउनुका साथै महिला तथा पुरुषलाई समान तलब दिने निर्णय गरेको हो। बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब मासिक १८ हजार पुर्‍याउने निर्णय गरेको स्रोतले बताएको छ ।

    पुरुष फुटबलर मासिक १५ हजार रुपैयाँ पाउँदै आएका थिए। यस्तै महिला खेलाडीले भने मासिक ७ हजार मात्र पाउने गर्थे । जसमा पुरुषको ३ हजार बढाउँदा महिलाको पुरुष सरह बनाउन मासिक ११ हजार बढाइएको छ ।

    विभिन्न देशले महिला खेलाडीको तलब पुरुष सरह बनाएपछि नेपालमा पनि समान तलब हुनु पर्ने विषयमा महिला खेलाडीले आवाज उठाउँदै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार