मंगलबार, जेठ ८ गते २०८१

मोरङका ५ हजार भूमिहिन सुकुम्बासीलाई ओली सरकारले धनीपुर्जा बाड्दै

मोरङका ५ हजार भूमिहिन सुकुम्बासीलाई ओली सरकारले धनीपुर्जा बाड्दै

अखबार दैनिक
बुधबार, मंसिर २४ २०७७
  • मोरङका ५ हजार भूमिहिन सुकुम्बासीलाई ओली सरकारले धनीपुर्जा बाड्दै

    मंसिर २४,

    images

    मोरङको कानेपोखरी गाउँपालिकाद्धारा गाउँपालिका क्षेत्रका ५ हजार घरपरिवारलाई धनीपुर्जा आगामी जेठ २ गते सम्म वितरण गर्ने तयारी गरेको छ । सोमबार भूमि आयोग र गाउँपालिका वीच समझदारीपत्रमा हस्ताक्षर गरी काम गर्ने अधिकार गाउँपालिकालाई दिएको छ । गत बैशाखमा गाउँपालिकाले प्रत्येक वडाको घरघरमा पुगि अव्यवस्थीत बसोबास, भूमिहिन सुकुम्बासी र दलित सुकुम्बासीको पहिचान गरी विवरण संकलन गरेका थिए ।

    प्रत्येक वडाका वडाध्यक्ष र वडा सदस्यहरु टोल बिभाजन गरी घरघरमा पुगि संकलित विवरण गाउँपालिकाले गत जेठ २३ गते ५ हजार ८ घरपरिवार रहेको तथ्याङ् सार्वजानिक गरेको थियो । भूमिहिन सुकुम्बासी ९६८ परिवार, भूमिहिन दलित सुकुम्बासी २२६ परिवार, अव्यवस्थीत बसोबास २९८० परिवार र मालपोतमा मोठ कायम नभएको ८३४ परिवार गरी जम्मा ५ हजार ८ परिवार विवरण संकलन गरेका थिए ।

    यस अघि गरेको तथ्याङ संकलन भन्दा लगभग ६ हजार भन्दा बढी सुकुम्बासी हुने र भूमि सम्बन्धि समस्या समाधान आयोगको निर्देशन अनुसार तथ्याङ् संकलक तथा समाजिक परिचालक नियुक्ति गरी अव्यवस्थीत बसोबास, भूमिहिन सुकुम्बासी र दलित सुकुम्बासीको विवरण संकलन गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताउनुभयो ।

    नेपाल सरकारले १ नम्बर प्रदेशमा ५ लाख सुकुम्बासीहरुलाई जग्गा सहित धनीपुर्जा वितरणको तयारी गरेको छ । पहिलो पटक सरकारले १ नम्बर प्रदेशमा ३० वटा स्थानीय तहमा डेंढ लाख सुकुम्बासीको घरपरिवारलाई जग्गा सहित धनिपुर्जा वितरण तयारी गरेको हो । अव्यवस्थीत बसोबास, भूमिहिन सुकुम्बासी र दलित सुकुम्बासीको पहिचान गरी आगामी जेठ २ गते सम्म जग्गा सहित धनिपुर्जा वितरण गर्ने बारेमा भूमि सम्बन्धि समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारी वीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार