सोमबार, वैशाख २४ गते २०८१

गाईको मासु खानेहरूले हिन्दूराष्ट्रको वकालत गर्दैछन् : मन्त्री त्रिपाठी

गाईको मासु खानेहरूले हिन्दूराष्ट्रको वकालत गर्दैछन् : मन्त्री त्रिपाठी

अखबार दैनिक
बुधबार, मंसिर २४ २०७७
  • गाईको मासु खानेहरूले हिन्दूराष्ट्रको वकालत गर्दैछन् : मन्त्री त्रिपाठी

    मंसिर २४,

    images

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले राजतन्त्रको माग गर्दै पछिल्लो समय प्रदर्शनमा उत्रिएकाहरुमाथि कडा टिप्पणी गर्नुभएको छ । मन्त्री त्रिपाठीले गाईको मासु खानेहरूले नै हिन्दू राष्ट्रको माग गर्दै सडकमा उत्रिएको आरोप लगाउनुभएको छ ।

    नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानीमा उहाँले गाईको मासु खानेहरूले राजनीतिक वकालत गरेको भन्दै कठोर आलोचना गर्नुभएको हो । ‘धर्मको नाममा म आफै हिन्दू हुँ । म मदिरा खाने र गाईको मासु खाने मान्छे होइन’, मन्त्री त्रिपाठीले भन्नुभयो, ‘मैले देखेको छु, मदिरा सेवन गर्नेहरू र गाईको मासु खानेहरू नै हिन्दूका लागि राजनीतिक वकालत गर्छन् ।’

    हिन्दू राष्ट्र र राजसंस्थाको माग गरेर सडकमा आन्दोलन रहेका बेला मन्त्री त्रिपाठीले आन्दोलनकारीहरूलाई यस्तो आरोप लगाउनुभएको हो । राजतन्त्रको पक्षमा पछिल्लो समय काठमाडौं लगायत देशमा मुख्य सहरमा प्रदर्शन हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ