मंगलबार, जेठ ८ गते २०८१

नेपाल-भारत सीमा विवादमा सम्बन्धमा औपचारिक संवादको बाटो खुल्यो : परराष्ट्रमन्त्री

नेपाल-भारत सीमा विवादमा सम्बन्धमा औपचारिक संवादको बाटो खुल्यो : परराष्ट्रमन्त्री

अखबार दैनिक
शुक्रबार, मंसिर १९ २०७७
  • नेपाल-भारत सीमा विवादमा सम्बन्धमा औपचारिक संवादको बाटो खुल्यो : परराष्ट्रमन्त्री

    मंसिर १९,

    images

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगका विवाद वार्ताबाट समाधान गर्ने बाटोमा अगाडि बढेको बताएको छ ।

    भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणसँगै लामो समयदेखि रहेको संवादहीनता अन्त्य गर्दै सबै विवादलाई वार्ताबाट हल गर्ने बाटोमा लगेको बताएका हुन् ।

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री ज्ञवालीले अब नेपाल-भारतबीच रहेका सीमा विवादलगायत सबै विषयमा छलफल हुने बताए । उनले आगामी दिनमा हुने विभिन्न चरणका बैठकमा व्यापार, वाणिज्य, जलस्रोतका साथै सीमा विवादमा पनि स्पष्ट छलफल हुने बाटो खुलेको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको बताए ।

    उनका अनुसार नेपाल र भारतका परराष्ट्र सचिव संयन्त्रको बैठक निकट भविष्यमा बस्नेछ र यसमा सीमा समस्यालाई जुन गम्भीरताका साथ उठाउनुपर्ने हो, नेपालले उठाउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार