शुक्रबार, वैशाख २१ गते २०८१

प्रदेश २ का मुख्यमन्त्रीको फेसबुक पेज ह्याक

प्रदेश २ का मुख्यमन्त्रीको फेसबुक पेज ह्याक

अखबार दैनिक
शुक्रबार, मंसिर १९ २०७७
  • प्रदेश २ का मुख्यमन्त्रीको फेसबुक पेज ह्याक

    मंसिर १९,

    images

    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो। मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगलको तस्बिर राखिएको छ ।

    मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रको अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको जानकारीमा आएको हो ।

    ‘मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान-बिहानै अनावश्यक कुराहरू पोस्ट भएको पायौं’ राउतका प्रेस संयोजक आतिश मिश्रले भने, ह्याक कहाँबाट र कसरी भएको हो भन्नेबारे छानबिन हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार